Logo बिहिवार, आश्विन १ गते २०८३
images

आस्थाको केन्द्र : रुपन्देहीको मोक्षधाममा १०८ फिट अग्लो त्रिशुल स्थापना

आस्थाको केन्द्र : रुपन्देहीको मोक्षधाममा १०८ फिट अग्लो त्रिशुल स्थापना

  • 1.2K
    SHARES

  • आस्थाको केन्द्र : रुपन्देहीको मोक्षधाममा १०८ फिट अग्लो त्रिशुल स्थापना

    बुटवल,फागुन १० ।

    रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ६ पश्चिम पहुनीमा रहेको मोक्षधाम परिषरमा १०८ फिट अग्लो त्रिशुल स्थापना गरिएको छ । यो त्रिशेल विश्वकै अग्लो रहेको मोक्षधाम सेवा आश्रमले दावी गरेको छ ।

    मोक्षधाम सेवा आश्रमको प्राङ्गणमा स्थापित यस त्रिशुलमा भगवान शिवको डमरु समेत समावेश गरिएको छ । शुक्रवार भजन–कीर्तनसहित त्रिशुलको स्थापना गरिएको हो । लुम्बिनी इन्जिनियरिङले निःशुल्क निर्माण गरेको हो ।

    त्यसका लागि आवश्यक सामाग्रि भने मोक्षधामले उपलब्ध गराएको हो ।सो अवसरमा बोल्दै तिलोत्तमा नगरपालिका–६ का वडाध्यक्ष गणेश पाठकले मोक्षधाम सेवा आश्रम सबैको साझा आस्थाको केन्द्र भएको बताउनु भयो । मोक्षधाम सेवा आश्रमका कार्यवाहक अध्यक्ष टिकाराम पाण्डेले त्रिशुलको औपचारिक उद्घाटन शिवरात्रिका दिन (फागुन १४ गते) विशेष पूजासहित गरिने जानकारी दिनुभयो । उहाँले मोक्षधाम सेवा आश्रमको अवधारणा २०६८ सालमा सुरु भई विभिन्न धार्मिक तथा सामाजिक संरचनाहरू निर्माण भइरहेको बताउनु भयो ।

    हालसम्म आश्रमले राधाकृष्ण मन्दिर, सत्संग हल, द्वादश ज्योतिर्लिंगसहितको विश्वनाथ मन्दिर, होवनकुण्ड, अमृत कुण्ड, बाल तथा वृद्धाश्रम, मुक्तिनाथ मन्दिर तथा सभा हल निर्माण गरिसकेको छ । आश्रमका कोषाध्यक्ष नारायण बन्जाडेका अनुसार धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले निर्माण गरिएको मोक्षधाम सेवा आश्रमले नियमित रूपमा धार्मिक अनुष्ठान, सत्संग तथा सामाजिक गतिविधि सञ्चालन गर्दै आएको छ ।

    उहाँले रुपन्देही जिल्लालाई धार्मिक पर्यटनको केन्द्र बनाउने लक्ष्यसहित यस धामलाई पृथ्वीमै स्वर्गको अनुभूति दिने संरचनाका रूपमा विकास गरिने योजनामा आश्रमले कार्य गरिरहेको बताउनु भयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology