Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

बेलुन विष्फोट प्रकरण :पोखरा महानगरका मेयर आचार्य डिस्चार्ज

बेलुन विष्फोट प्रकरण :पोखरा महानगरका मेयर आचार्य डिस्चार्ज

  • 1.1K
    SHARES

  • बेलुन विष्फोट प्रकरण :पोखरा महानगरका मेयर आचार्य डिस्चार्ज

    काठमाडौँ,फागुन ८ ।

    ‘पोखरा भ्रमण वर्ष २०२५’ को औपचारिक घोषणा समारोहका क्रममा बेलुन पड्किँदा घाइते भएका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य डिस्चार्ज भएका छन् । 

    काठमाडौँको किर्तिपुर अस्पतालमा  उपचाररत उनी बिहीबार डिस्चार्ज भएका हुन् । सोही घटनामा घाइते भएका अर्थमन्त्री विष्णु पौडेल भने तीन दिनअघि नै डिस्चार्ज भएका थिए । एक विज्ञप्ति जारी गर्दै आचार्यले उपचारमा संलग्न सबैप्रति आभार व्यक्त गरेका छन् ।

    उनले यस कठिन समयमा स्वास्थ्यलाभको कामना गर्दै आत्मीय स्नेह, आशीर्वाद र हौसला प्रदान गर्ने राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख, प्रधानन्यायाधीश, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनालसहित सबैप्रति धन्यवाद व्यक्त गरेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology