Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

बुटवल जितगढी किल्लामा चौथो राष्ट्रिय नृत्य दिवस सम्पन्न

बुटवल जितगढी किल्लामा चौथो राष्ट्रिय नृत्य दिवस सम्पन्न

  • 1.9K
    SHARES

  • बुटवल जितगढी किल्लामा चौथो राष्ट्रिय नृत्य दिवस सम्पन्न

    बुटवल,फागुन ७ ।

    ऐतिहासिक जितगढी किल्लामा चौथो संस्करणको राष्ट्रिय नृत्य दिवस मनाइएको छ । नृत्य निर्देशक संघ नेपाल, लुम्बिनी प्रदेशको आयोजना तथा बुटवल उपमहानगरपालिका र नृत्य निर्देशक संघ रुपन्देहीको सहकार्यमा दिवस मनाइएको हो ।

    दिवसको बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्दै बुटवल कलाकारका पक्षमा सधै सकारात्मक रहेको बताए ।

    ऐतिहासिक जितगढी किल्लाको प्रचारप्रसारमा टेवा पु¥याउने उद्देश्यले जितगढीमै यो कार्यक्रम आयोजना गरीएको लुम्बिनी प्रदेशका अध्यक्ष लोकेन्द्र शाहले बताए । विभिन्न जिल्लाबाट आएका सहभागीले विभिन्न समुदाय, जातजातिको साँस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।dan.jpeg

    कार्यक्रममा बिभिन्न प्रदेश र १० जिल्लाबाट आएका १५ भन्दा बढी टिममा सहित  करिब २ सय जना सहभागी भएको संचालक  दिल्ली नारायण पाण्डेले बताए ।

    सो अवसरमा नगर उप प्रमुख साबित्रा अर्याल,केन्द्रिय अध्यक्ष भुबन दास श्रेष्ठ, महासचिव ऋषिकेश श्रेष्ठ,प्रदेश उपाध्यक्ष मिना बुढाथोकी, उपाध्यक्ष अर्जुन साह लगायतले बोल्दै बुटवल कलाकारितामा केन्द्र बन्दै गएको बताए ।

    नेपालका पहिलो लोक नृत्य निर्देशक मानिने भैरवबहादुर थापाको जन्मदिनको अवसर पारेर संघले हरेक यो दिवस मनाउँदै आएको छ ।

    dance butwal.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology