Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

तेस्रो मेयर कप लन टेनिस : वुमन्स सिंगलमा सुनिरा थापा बनिन् विजेता

तेस्रो मेयर कप लन टेनिस : वुमन्स सिंगलमा सुनिरा थापा बनिन् विजेता

  • 1.3K
    SHARES

  • तेस्रो मेयर कप लन टेनिस : वुमन्स सिंगलमा सुनिरा थापा बनिन् विजेता

    बुटवल,फागुन ७ ।

    रुपन्देहीमा जारी तेस्रो मेयर कप तथा बुटवल खुल्ला लन टेनिस प्रतियोगिता २०८१ को वुमन्स सिगलको उपाधि सुनिरा थापाले चुमेकी छिन ।  बुधबार भएको फाईनलमा नेपालका वरियतामा नम्वर वन खेलाडी अभिलाषा विष्टलाई पराजित गर्दै दोस्रो नम्बरकी उनि च्याम्पियन बनेकी हुन । डिफेन्डिङ च्याम्पियन समेत रहेकी बिष्ट रिटायर्ड भएपछि उपविजेतामा चित्त बुझाईन ।

    पहिलो सेटको शुरुवातमा विष्टले अग्रता लिएपनि खेलमा फर्कदै ६–३ ले सुनिराले जित निकालिन । दोस्रो सेटमा भने खेल भैरहदा विष्ट रिटार्ड भएसंगै खेल सुनिराले आफ्नो नाममा गरिन । वरियतामा दोस्रो नम्बरमा रहेकी उनी यो जितसंगै रेकिङमा समेत फरक पर्छ ।

    प्रतियोगितामा भगवती बिक र आयसा डोल्कर गुरुङ तेस्रो भईन । यता मेन्स सिगलको उपाधिका लागि नेपालको वरियतामा नम्बर वन रहेका प्रदिप खड्काले बुटवलका रितिक रानासंग शुक्रबार फाईनल खेल्ने भएका छन । बुधबार भएको पहिलो सेमीफाईनलमा प्रदिप खड्काले निहाल जेबी थापालाई ६–४, ६–० तथा दोस्रो सेमीफाईनलमा रितिक रानाले निशान्त श्रेष्ठलाई ६–३, ६–४ को सेटमा पराजित गर्दै फाईनल भिडन्त पक्का गरेको हो ।

    यसैगरि ३५ प्लसमा सिगलमा जितेन्द्र परियार, राजन पौडेल, सन्तोष खत्री र दीप जेबी राना सेमीफाईनलमा प्रवेश गरेका छन । जितेन्द्रले चोम बहादुर शाहलाई ६–०, ६–० को सेटमा, राजन पौडेलले भिम बहादुर मगरलाई ७–६, ७–६ को सेटमा, सन्तोष खत्रीले सोम रानालाई ६–१, ६–२ को सेटमा तथा दीप जेबी राना वाकओभर पाउदौ अन्तिम चारमा प्रवेश गरेका हुन ।

    यसैगरि ४५ प्लस सिगलतर्फ देव क्षेत्रीले रोहित सुनुवालाई ६–२, ६–१ को सेटमा पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेका छन ।यसैगरि ५५ प्लस सिगलमा चन्द्र शाहीले उत्तम कुमार गुरुङलाई ६–१, ६–२ तथा उत्तम बोगटीले राजकुमार गुरुङलाई ६–३, ६–४ को सेटमा पराजित गर्दै अर्को चरणमा प्रवेश गरेका छन ।

    यसैगरि ६५ प्लस सिगलमा मनोज रानाले भिक्टर रानालाई ६–२, ५–१ मा रिटार्यड भएसंगै राना विजेता बनेको टुर्नामेन्ट सुपरभाईजर बिकास खड्काले बताए । यसैगरि ३५ प्लस डबल्समा जितेन्द्र परियार र समिर एसको जोडीले राजन परियार र चोम बहादुर एसको जोडीलाई ६–१, ६–० को सेटमा पराजित गर्दै अर्को चरणमा प्रवेश गरेका छन ।

    बुटवल उपमहानगरपालिकाको सहयोगमा रुपन्देही टेनिस संघको आयोजनामा फागुन ९ गतेसम्म हुने प्रतियोगितामा एक सय बढी खेलाडीहरु सहभागी रहेको टुर्नामेन्ट डाईरेक्टर राजन पौडेलले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology