Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

श्रीमद्भागवत श्रृङ्गेश्वर धार्मिक महा महोत्सव समापन

श्रीमद्भागवत श्रृङ्गेश्वर धार्मिक महा महोत्सव समापन

  • 1.3K
    SHARES

  • श्रीमद्भागवत श्रृङ्गेश्वर धार्मिक महा महोत्सव समापन

    बुटवल, फागुन ४ । 

    रुपन्देहीको तिलोत्तमामा श्रीमद्भागवत श्रृङ्गेश्वर धार्मिक महा महोत्सव तथा श्रृङ्गारिक महाआरती २०८१ सम्पन्न भएको छ । गत माघ २४ गतेदेखिशुरु भएको महायज्ञमा  मा १ करोड बढी रुपैया आर्थिक संकलन भएको कोषाध्यक्ष मोतीलाल भण्डारीले बताउनुभयो ।

    जेष्ठ नागरिकहरुलाई राख्नका लागि दीवाकालिन भवन बनाउने लक्ष्य सहित आयोजित महायज्ञमा तिलोत्तमा नगरपालिकाले सबैभन्दा बढी ३० लाख रुपैया दिने घोषणा गरेको छ ।

    त्यस्तै तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खांणले व्यक्रिगत रुपमा  ५ लाख १ हजार तिलोत्तमा नगरपालिकाको वडा नम्बरले १ लाख २५ हजार वडा नम्बर २ ले १ लाख २५ हजार  वडा नम्बर ३ ले २ लाख ५ हजार  वडा नम्बर ४ ले ५ लाख र वडा नम्बर ६ ले १ लाख रुपैया दिने घोषणा गर्नु भएको छ । श्रृङ्गेश्वर धामका अध्यक्ष ऋषि भण्डारीको अध्यक्षतामा भएको समापन समारोहमा  संस्थाका संस्थापक हिरा बहादुर भलामीको प्रमुख आतिथ्यतामा महायज्ञको समापन गरिएको हो ।

    समापन समारोहमा जेष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष यदुनाथ पाण्डे उपाध्यक्ष नेत्र ज्ञवाली वरिष्ठ पत्रकार खिमानन्द भट्रराइ लगायतले वोल्नु भएको थियो । महायज्ञमा प्रमुख कथा वाचक आचार्य ओम प्रकाश सुवेदीले गर्नु भएको थियो ।mahayagya.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology