बुटवल,फागुन १ ।
क्यानन क्यानन सेकेण्डरी स्कुलले २८ वार्षिकोत्सब तथा रजत जयन्तीकोअवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ६१ युनिट रगत संकलन भएको छ ।
विद्यालयमा आयोजना गरिएकोकार्यक्रममा अभिभावक, विद्यार्थी, कर्मचारी लगायतले रक्तदान गरेका विद्यालयका प्राचार्य शंकर भण्डारीले जानकारीदिनुभयो । नेपाल नियमित रक्तदाता समाज रुपन्देहीको सहकार्यमा रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिकसहयोगमा रक्तदान कार्यक्रम गरिएको हो ।
माघ २२–२५ खेलकुद सप्ताह, जिल्ला स्तरिय बादबिवाद प्रतियोगिता लगायत कार्यक्रम संचालन भैसकेको विद्याले फागुन २ गते मुल समारोह आयोजना गर्दै छ ।
बुटवल अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा आयोजना हुने मुल समारोहमाप्रतिनीधी सभाका उप सभामुख ईन्दीरा राना मगरले सम्बोधन गर्ने कार्यक्रम रहेको मिनराज गिरीले जानकारी दिनुभयो ।विद्यालयमा प्ले ग्रुप देखि १० सम्म ७ सय जना विद्यार्थीहरु छन । यसैगरि विज्ञान र ब्यवस्थापन विषयमा गरि ११ र १२मा ३२२ विद्यार्थीहरु अध्ययरत रहेका छन ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)