बुटवल,फागुन १ ।
नेपाल तरुण दल केन्द्रीय समितिको र जिल्ला अध्यक्षहरुको संयुक्त बैठक माघ ३० गते नेपाली काङ्ग्रेस पार्टी कार्यालय विपि नगर सानेपामा बस्यो ।
दलको केन्द्रीय अध्यक्ष विद्वान गुरुङको अध्यक्षतामा बसेको बैठकमा महाधिवेशन निर्देशन समितिको संयोजक पार्टी सह महामन्त्री डिना उपाध्यायज्यु,सदस्य द्वय नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य सरिता प्रसाई ,नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य राष्ट्रिय सभा सदस्य जित जङ्ग बस्नेतको विशेष उपस्थिति रहेकोथ्यो ।
तरूण दलकाे बैठलाई सम्बाेधन गर्दै अध्यक्ष गुरूङले नेपाल तरूण दलकाे महाधिवेशन फास्ट ट्र्याकबाट निर्धारित समयमै सम्पन्न गर्ने बताउनुभयो । अध्यक्ष गुरूङले महाधिवेशनका विषयमा द्विविधा नराख्न आग्रह गर्दै महाधिवेशन निर्धारित समयमा हुने विश्वास दिलाए ।
बैठकमा बोल्दै तरुण दलले समयमै अधिवेशन सम्पन्न गर्छ भन्ने कुरा पार्टिलाइ बिश्वास रहेको कुरा अध्यक्ष गुरुङले बताउनुभएको छ ।
अध्यक्ष गुरुङले जिल्लामा केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरूबीच एक ढिक्का भएर अधि बढ्न निर्देशन दिदै केन्द्रीय सदस्य सम्वन्धित जिल्लामा केन्द्रीय प्रतिनिधिको रुपमा खटाइने कुरा बताउनुभयो ।
जिल्लामा केन्द्रीय सदस्यले पुर्णकालिन सदस्य बाडी फाल्गुनको २९ गते भित्र केन्द्रमा पठाउन निर्देशन दिदै अध्यक्ष गुरुङले त्यस्पछि चैत्र २ र ३ गते बैठक बसि चैत भित्र महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गर्ने कुरा बताउनुभएको छ ।
तरुण दल लगायत अन्य भातृ संगठनको चैत मसान्त भित्र महाधिवेशन सम्पन्न गर्न पार्टि केन्द्रीय समितिको बैठकले केहि समय अघि निर्णय गरि महाधिवेशन निर्देशन समितिको गठन गरेको थियो ।
बैठमा वर्तमान सरकारको सन्दर्भमा आफ्नो भनाई राख्दै अध्यक्ष गुरुङले गुण र दाेषका आधारमा समर्थन र विराेध गर्नेकुरा बताउनुभएको छ ।
बैठकले अन्तर जातिय विवाहको बिषयमा सामाजिक सन्जालमा अनर्गल प्रचार भैरहेकोमा नेपालको संविधानले जातिय विभेदको अन्त्य गरे बमोजिमनै सवैमा व्यवाहार गर्न अनुरोध गर्दै त्यस किसिमका विवादस्पद कुराहरुको घोर भर्त्सना गरेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)