Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

प्रेस चौतारी रूपन्देही : पाण्डेको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति चयन

प्रेस चौतारी रूपन्देही : पाण्डेको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति चयन

  • 1.1K
    SHARES

  • प्रेस चौतारी रूपन्देही : पाण्डेको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति चयन

    बुटवल,माघ २९ । 

    प्रेस चौतारी नेपाल, रुपन्देहीको २६ औँ साधारण सभा तथा ८ औँ अधिवेशन महिला नेतृत्व चयन गर्दै सम्पन्नभएको छ । सोमबार बुटवलमा भएको साधारण सभा तथा अधिवेशनले भगवती पाण्डेको अध्यक्षतामा २३ सदस्यीयनयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।

    अध्यक्षमा निर्वाचित पाण्डेले सङ्गठनमा यसअघि उपाध्यक्षकोजिम्मेवारी सम्हाल्दै आएकी थिइन् । त्यस्तै अधिवेशनले रुपन्देही जिल्ला उपाध्यक्षमा केशव भण्डारी, महिलाउपाध्यक्षमा वसन्ती आचार्य (छायाँ ), सचिवमा विष्णु घिमिरे, खुल्ला सह–सचिवमा प्रतीक पौडेल, समावेशी सह–सचिवमा सत्यनारायण मानन्धर तथा कोषाध्यक्षमा एलिना आचार्यलाई चयन गरेको छ ।

    त्यस्तै गरी नयाँ कार्यसमितिका सदस्यहरूमा प्रतिमा गौतम, रमेश पराजुली, दिनेश घिमिरे, सुशीला पोखरेल, अस्मिताअधिकारी, पोषकान्त पोखरेल, दिनेश लोध, जयप्रकाश राय, रोहित ढकाल, महेश घिमिरे (केदार), प्रेरणा केसी, इन्द्रबहादुर खत्री, विष्णु भट्टराई, भुवन आचार्य, हरिलाल बस्याल तथा  शिशिर पाण्डे रहेका छन् अधिवेशनले केन्द्रीयप्रतिनिधिमा भरत केसी, दिनेश पाण्डे, रामप्रसाद आचार्य, नरेश केसी, लक्ष्मण पौडेल, निरु गौतम र अर्जुन श्रेष्ठ लाईचयन गरेको छ भने प्रदेश परिषद् सदस्यमा वी.पी. गौतम, रबिन्द्र प्रताप गुप्ता, राजकुमार धवल, दीपक न्यौपाने, मनबहादुर क्षेत्री (मनोज), सुमित्रा चापागाईँ तथा  प्रकाश आचार्यलाई चयन गरेको छ ।

    नवनिर्वाचित अध्यक्ष पाण्डेलेसङ्गठनले सुम्पेकाे जिम्मेवारीलाई हर तरहले निभाउने र सबैलाई साथमा लिएर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरिन्। 

    २६ औँ साधारण सभा तथा ८ औँ अधिवेशनको उद्घाटन  प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले गरेकाथिए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • मंगलवार, माघ २९ २०८१०७:४९:३१

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology