बुटवल, माघ २७।
पहिलो पाइला नेपाल बुटवल शाखाले न्यानो माया अभियानअन्तर्गत रोहिणी गाउँपालिकाको वडा नं. ६ स्थित पशुपति माध्यमिक विद्यालयमा अध्यनरत ३सय ३९ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।
शनिवार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी सामाजिक सेवाभावले न्यानो कपडा वितरण गरेको हो । पहिलो पाईला नेपाल बुटवल शाखा अध्यक्ष सन्तोष बन्जाडे, रोहिणी गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादवले विद्यार्थीलाई तातो कपडा वितरण गरी गरेका हुन ।
रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले विपन्न समुदायलाई लक्षित गरी आयोजना गरिएको यस कार्यक्रमप्रति गहिरो कृतज्ञता व्यक्त गर्दै, भविष्यमा पनि पहिलो पाइला नेपालसँग सहकार्य गर्दै थप समाजसेवा कार्यक्रमहरू अघि बढाउने प्रतिबद्धता प्रकट गरे ।
गाउँपालिका उपाध्यक्ष शिवकान्ति चमार, पहिलो पाइला नेपाल केन्द्रीय वरिष्ठ उपाध्यक्ष आयुष पौडेल र गाउँपालिका शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेलेले कार्यक्रममा बोल्दै विद्यार्थीहरुको सहयोगको लागि गरिएको कार्यक्रम आफैमा उच्च प्रसंसायोग्य भएको बताएका थिए ।
कार्यक्रममा पहिलो पाइला नेपाल बुटवल शाखाका सदस्यहरू, गाउँपालिका जनप्रतिनिधिहरू, वडा प्रतिनिधिहरू, शिक्षक, अभिभावकहरू र विद्यार्थीहरूले सक्रिय सहभागिता रहेका थिए ।
पहिलो पाइला नेपाल बुटवल शाखा कोषाध्यक्ष तथा कार्यक्रम संयोजक नरेश न्यौपानेले कार्यक्रम सफल बनाउन मार्गदर्शन र सहयोग पु¥याउने सबै सरोकारवालाहरूप्रति आभार व्यक्त गरेका थिए ।
केन्द्रीय वरिष्ठ उपाध्यक्ष आयुष पौडेलले स्थानीय सरकार र नागरिक समाजबीच सहकार्यलाई बलियो बनाउँदै विकट समुदायमा सेवा पु¥याउने प्रयासलाई उच्च सराहना गरे ।
बुटवल शाखाका प्रथम उपाध्यक्ष तथा न्यानो माया अभियानका कार्यक्रम संयोजक सन्तोष केसीले विद्यालय, सहयोगी दाताहरू, बुटवल सुनचाँदी व्यवसाय सङ्घ, एमएडब्लु इन्टरप्राइजेज, बुटवल बाइकर्स लगायत सम्पूर्ण शुभचिन्तकहरूलाई महत्वपूर्ण सहयोगका लागि विशेष धन्यवाद ज्ञापन गरेका थिए ।
बुटवल शाखा अध्यक्ष सन्तोष बन्जाडेले पहिलो पाइला नेपालको गौरवशाली इतिहास, हालका कार्यक्रमहरू र आगामी योजनाहरूको बारेमा जानकारी दिँदै विकट समुदायमा सेवा पु¥याउने अभियानलाई अझ सशक्त र दिगो बनाउने प्रतिबद्धता प्रकट गरेका थिए । कार्यक्रम पहिलो पाईला नेपालका सचिव मनिष खनालले व्यवस्थापन गरेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)