बुटवल,माघ २७ ।
गुरुङ डाँडा व्यवस्थापन समिति बुटवलको आयोजनामा विश्व शान्तिको कामना गर्दै कांग्युर (त्रिपिटक) पाठ बाचन अनुष्ठान (विश्वशान्ति पूजा) शुभारम्भ भएको छ ।
शुक्रबारदेखी रामनगर स्थित गुम्बाबाट त्रिपिटक बोकेर बृहत शान्ती पदयात्रा हिलपार्कको माथिल्लो गेट स्थित गुरुङडाडा व्यवस्थापन समितिको भवनमा पुगेको थियो ।
अनुष्ठानमा रुपन्देहीसहित देशका विभिन्न जिल्लाहरुबाट ७७ हजार बढी भक्तजनले पूजा पाठका लागि सहभागी हुने अपेक्षा गरिएको छ ।
बुटवलको चाँदबारीस्थित गुरुङ डाँडा व्यवस्थापन समितिको कार्यालयमै हुने अनुष्ठानमा बौद्ध विद्वान खेन रिन्पाछे शिर लामा गुरुले दान गर्ने कुरा धार्मिक आस्थासंग जोडिएको विषय भएकोले भगवान गौतमबुद्धले पनि दानधर्मलाई प्राथमिकतामा राखेको बताउनुभयो ।
गुरुबाट कांग्युर बाचन तथा पुण्य संचय विषयमा धर्म देशना हुने आयोजक समितिका संयोजक जमुना गुरुङले जानकारी दिइन् । शुक्रबार ७५ जना लामा गुरुद्वारा शुद्धिकरण पूजा गरिएको उनले जानकारी दिईन् । अनुष्ठान अन्तरगत सम्पूर्ण प्राणी जगतको मोक्षका लागि होम कार्यसमेत गरिने समितिका संस्थापक अध्यक्ष तथा संरक्षक सर्वराज गुरुङले बताए ।
बौद्ध दर्शन अनुसार सबैभन्दा ठूला अनुष्ठानको रुपमा रहेको टिंग्युरपछिको अनुष्ठा नै किंग्युर भएको बताउँदै व्यवस्थापन समिति अध्यक्ष आश बहादुर गुरुङले कम खर्चमा पनि मोक्ष प्राप्तिका लागि अनुष्ठानमा सहभागी हुन आह्वान गरे । समितिले २०७९ सालमा यज्ञहरु मध्येको सबैभन्दा सानो अनुष्ठान मानिने हिंयुपति गरेको थियो भने यस वर्ष कंग्युर अनुष्ठा गरेर आगामी वर्षमा सबैभन्दा ठूला मानिएको टिंग्युर गर्ने योजनामा रहेको सल्लाहकार झपटबहादुर गुरुङले बताए ।
यज्ञमा भोजन दानका लागि ७ हजार, नास्ता दानका लागि ४ हजार, चिया दानका लागि २ हजार, पुस्तक ठेली बाचनका लागि १ हजार ५ रुपैयाँ, १०८ दीप प्रज्जवलनका लागि १ हजार ५ रुपैयाँ, मूल बत्तीका लागि ७ सय, ६ सय र ५ सय रुपैयाँ दानशुल्क तोकिएको समितिका सहसचिव दलबहादुर गुरुङले जानकारी दिनुभयो ।
माघ ३० गतेसम्म सञ्चालन हुने उक्त खेन रिन्पोछे शिर लामा, टुल्कु थुब्वाङ तेन्जिन रिन्पेछे लामा र खेन्पो सन्तोष गुरुङ लामाले कांग्युर (त्रिपिटक) बाचन तथा जीवन दर्शन सम्बन्धी धर्मदेशना दिने बरिष्ठ सल्लाहकार सर्वराज गुरुङले जानकारी दिनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)