बुटवल, माघ २७ |
बुटवल एकेडेमिक इन्स्टिच्युटमा यस हप्ता चलेको खेलकुद सप्ताह समापन भएको छ। कलेजमा अध्ययनरत विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासलाई ध्यानमा राख्दै आयोजना गरिएको उक्त कार्यक्रममा विभिन्न खेलहरू समावेश गरिएको थियो।
कार्यक्रमअन्तर्गत भलिबल, ब्याडमिन्टन, खोखो-खो, क्विज प्रतियोगीता, बक्तृत्वकला प्रतियोगिता, म्युजिकल चेयर, स्पून रेस जस्ता खेलहरू सञ्चालन गरियो। प्रतियोगितामा विद्यार्थीहरूले उत्साहका साथ भाग लिएका थिए।
समापन समारोहमा कलेजका कार्यकारी अध्यक्ष विनोद घिमिरेले खेलकुदले विद्यार्थीहरूको अनुशासन, टोली भावना र आत्मविश्वास विकास गर्न मद्दत गर्नुका साथै शारिरिक र मानसिक रुपमा तन्दुरुष्त राख्न महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो। साथै, विद्यालयले आगामी वर्ष पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरेको छ।
विजेता खेलाडीहरूलाई एक कार्यक्रमको आयोजना गरि प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिने कलेजका प्राचार्य विनोद कुमार पोख्रेलले जानकारी गराउनुभयो साथै विद्यार्थीहरूलाई खेलकुदमा अझै बढी सक्रिय हुन समेत प्रेरित गर्नुभयो।
सप्ताहाको अन्तिम दिन बनभोज सहितको कार्यक्रमहरु रहेकोले पनि खेलकुद कार्यक्रमहरु थप रोमान्चक बनेको थियो !
विद्यार्थी, कर्मचारी र शिक्षकहरूको उत्साहजनक सहभागिताले कार्यक्रमलाई अझ रोचक बनाएको थियो।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)