बुटवल,माघ २६ ।
उच्च शिक्षा अध्ययनकालागि बैदेशिक यात्रामा जाने युवा विद्यार्थीको सहजताका लागि बुटवल–११ मिलनचाेकमा क्लाउड एजुकेशन एण्ड भिसा सर्भिस संचालनमा आएको छ । सन् २०२२ मा अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय स्थापना गरेको क्लाउड एजेकेशनले गुणस्तरीय, छिटो र विश्वनीय भिसा प्रकृया प्रदान गर्न बुटवलमा (मिलन चलचित्र हल नजिकै) छैठौँ शाखाको शुभारम्भ गरेको हो ।
बुटवल शाखाको शुभारम्भ गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य अब्दुल रज्जाकले बैदेशिक रोजगारीकालागि विश्वनीय काम गर्न क्लाउडलाई आग्रह गर्नु भयो । उहाँले विभिन्न प्रलोभन देखाएर केही कन्सल्टेन्सीहरुले विद्यार्थीहरुलाई अलपत्र पार्ने गरेको उल्लेख गर्दै क्लाउडको काम राम्रो सुनिएको र सोही अनुसार कार्य सम्पादन गर्न आग्रह गर्नुभयो ।
उहाँले रोजगारीकालागि ठुलो युवा शक्ति बैदेशिक रोजगारीमा जानु दुखद् विषय भएको समेत बताउनुभयो । कार्यक्रममा काँग्रेस रुपन्देही क्षेत्रीय सभापति हिराबहादुर खत्रीले युवाहरुको सक्रियतामा संचालनमा ल्याइएको क्लाउडले ठुलो युवा जमातलाई रोजगारी दिएको उल्लेख गर्दै गुणस्तरीय सेवा र विश्वशनीय कार्यलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा क्लाउड एजुकेशन एण्ड भिसा सर्भिसका सिड्नी प्रमुख सक्षम सुवेदीले दुवइ, पाकिस्तान, भारत र फिजिमा शाखा कार्यालयहरु रहेको बताउदै नेपालका काठमाडौमा केन्द्रीय कार्यालयसहित चितवन, इटहरी, बाग्लुङ र विर्तामोडमा शाखा संचालनमा रहेको बताउनुभयो ।उहाँले अष्ट्रेलिया र युकेकालागि ९५ प्रतिशतबढी भिसा सदर भएको बताउदै अन्यदेशकालागि पनि क्लाउड सफल रहदै आएको उल्लेख गर्नुभयो । कार्यक्रममा बुटवल शाखा प्रमुख विजय गुरुङले अहिले सम्म क्लाउडले तीन हजारबढी विद्यार्थीहरुलाई विश्वका विभिन्न देशहरुमा अध्ययनकालागि पठाइ सकेको बताउनुभयो ।
उहाँले क्लाउडले बैदेशिक रोजगारीकालागि जाने युवा विद्यार्थीहरुलाई गुणस्तरीय र क्षमतावान बनाएरमात्र पठाउने गरेको स्मरण गर्दै ति विद्यार्थीले भरेको भिसा सदर हुँदै आएको बताउनुभयो । क्लाउडले अहिलेसम्म शाखा विस्तारका क्रममा तीन करोडबढी लगानी गरि सकेको र ५० बढी युवाहरुलाई विभिन्न शाखामा रोजगारी दिदै आएको समेत बताएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)