Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

बल्कोट प्रहरी चौकीको नवनिर्मित भवन उद्घाटन ,२ करोड ९२ लाख लागत

बल्कोट प्रहरी चौकीको नवनिर्मित भवन उद्घाटन ,२ करोड ९२ लाख लागत

  • 855
    SHARES

  • बल्कोट प्रहरी चौकीको नवनिर्मित भवन उद्घाटन ,२ करोड ९२ लाख लागत

    अर्घाखाँची,माघ २६ ।

    अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका–२ मा रहेको बल्कोट प्रहरी चौकीको नवनिर्मित भवनको उद्घाटन भएको छ ।

    शान्ति सुरक्षा कायम गर्न अव्वल नेपाल प्रहरीलाई  आधुनिक प्रविधियुक्त  र प्रहरी सेवा सुविधा प्रभावकारी बनाउन भवन निर्माणले सहयोग पुग्ने छ ।
    भवनको लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) दान बहादुर कार्कीले भव्य कार्यक्रमका विच पञ्चेबाजा र वैदिक विधि पुर्वक पुजाआजा गरी गर्नु भएको हो ।dan bahadur.jpg

    भवन उद्घाटन गर्दै  कार्कीले शान्ति सुरक्षामा अर्घाखाँची प्रहरीले महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले प्रहरी जनताको साथी भएकाले समस्याको समाधानमा सक्रिय रहनुपर्नेमा जोड दिनुभयो ।प्रहरीले निडर, निष्पक्ष र जनउत्तरदायी सेवा दिनुपर्ने बताउँदै उहाँले अपराध नियन्त्रण र जनताको सुरक्षामा निरन्तर क्रियाशील रहन समेत निर्देशन दिनुभयो ।

    नवनिर्मित प्रहरी चौकी भवन २ करोड ९२ लाखको लागतमा रन्जित रन्जन कन्ट्रक्सनले निर्माण सम्पन्न गरेको ईन्जिनियर प्रहरी नायब निरीक्षक रोशन सारुले जानकारी गराउनुभयो ।argha khachi police (1).jpg

    नयाँ भवन सञ्चालनमा आएपछि बल्कोट प्रहरी चौकीको सेवा प्रवाह थप सहज हुने विश्वास स्थानीय बासीले व्यक्त गरेका छन्। अबको दिनमा शान्ति सुरक्षाको प्रवर्धन र स्थानीय समुदायसँगको समन्वय अझै प्रभावकारी हुने स्थानीयको अपेक्षा रहेको छ । छत्रदेव गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठले शान्ति सुरक्षामा प्रहरीको भूमिका अतुलनीय रहेको बताउँदै प्रहरी बर्दीधारी भए पनि जनता बिना बर्दीका प्रहरी भएको टिप्पणी गर्नुभयो ।

    प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले प्रहरी प्रशासन र स्थानीय बासी बीच सहकार्य आवश्यक रहेको औंल्याएका थिए । कार्यक्रम प्रहरी नायब निरीक्षक रबिन्द्र चन्दको स्वागत मन्तव्यबाट सुरु भएको थियो । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक चक्र बहादुर मल्लको अध्यक्षतामा सम्पन्न उक्त समारोहको सञ्चालन प्रहरी नायब निरीक्षक जगन्नाथ मरासिनीले गर्नुभएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology