Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फ्लड लाइट जडानको काम सुरु

एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फ्लड लाइट जडानको काम सुरु

  • 807
    SHARES

  • एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फ्लड लाइट जडानको काम सुरु

    बुटवल,माघ २६ ।

    रुपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फ्लड लाइट जडानको काम सुरु भएको छ । शुक्रबार रुपन्देहीमा पत्रकार सम्मेलनको आयोजना गर्दै सो कुराको जानकारी दिइएको हो ।

    २०८० साल जेठ २९ गते शिलान्यास भई २०८० फागुनमै खेल्न योग्य मैदान तयार भएर फागुन २८ मा मैदानको उद्घाटनसहित लिजेण्ड्स कप क्रिकेट प्रतियोगिता आयोजना गरिएको थियो ।85242483-7105-4c4d-9089-3495d7540b73.jpeg

    एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियमका निर्देशक विनोद कुँवरले अबको एक महिनाभित्र फ्लड लाइट पूर्णरुपमा जडान हुने जानकारी दिनुभयो । फ्लड लाइट जडानसँगै रात्रिकालिन सयमयमा पनि खेल खेलाउन सकिने बताउनुभयो । मैदानमा गत वर्षको फागुन यता एक सयभन्दा बढी खेल भइसकेको उहाँको भनाइ छ । नेपालको १९ वर्ष मुनिको विश्वकप खेलेको महिला टोली र नेपाल प्रिमियर लिग टिम लुम्बिनी लायन्सले सोही मैदानमा अभ्यास गरेको जानकारी दिनुभयो ।

    भारतबाट पनि केही क्लवस्तरीय टिमहरु आएर खेलेको बताउनुभयो । नेट प्राक्टिसका लागि पनि छुट्टै पिच तयार गर्ने काम भइरहेको र अन्तिम चरणमा रहेको निर्देशक कुँवरको भनाइ छ ।

    मैदानका साथै अन्य भौतिक संरचनाका कामहरु पनि अगाडि बढिरहेको बताउनुभयो । तत्काल कुनै प्रतियोगिता आयोजना भए भीआइपी बक्सबाट बसेर खेल हेर्न सकिने अवस्थामा रहेको बताउनुभयो । अब प्याराफिट निर्माणको कामलाई तीव्रताका साथ अघि बढाउने योजना रहेको जानकारी उहाँले दिनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology