कौरव खत्री / गुल्मी,माघ २३ ।
गुल्मीको मुसिकोट नगरपालिका २ मुसिकोट रातचौर स्थित रहेको श्री गंगा प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको छ ।
पोशाक वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि मुसिकोट नगरपालिका वडा नं २ का वडाध्यक्ष रविन्द्र के.सीले गंगा प्राथमिक विद्यालयप्रति निकै पूण्यको काम गरेको भन्दै कर्म फ्लाईट्स फाउण्डेशन नेपाल कास्कीलाई धन्यवाद दिनुभयो । साथै उहाँले वडा कार्यालयले पनि विद्यालय शैक्षिक सुधार कार्यक्रम मार्फत शैक्षिक सामाग्री वितरण लगायतका कार्यक्रम गरेको बताउनुभयो ।
साथै सोही अवसरमा कर्म फ्लाईट्स फाउण्डेशन नेपाल बागलुङ जिल्ला संयोजक झम बहादुर कुंवरले गंगा प्राथमिक विद्यालयले शैक्षिक गुणस्तर वृद्धिमा ध्यान दिन आग्रह गदै विद्यालयलाई सहयोग गर्न पाउँदा निकै खुशी व्यक्त गनुभयो ।
त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनक बहादुर खत्रीले विद्यालयको लागि आर्थिक सहयोग गरिदिने संस्था कर्म फ्लाईट्स फाउण्डेशन नेपाल कास्कीलाई धन्यवाद दिनुभयो ।
साथै विद्यालयका प्रधानाध्यापक कौरव बहादुर खत्रीले आफ्नो आग्रहलाई स्वीकार गरेर विद्यालयका विद्यार्थीहरूलाई पोशाकको लागि आर्थिक सहयोग गरेकोमा कर्म फ्लाईट्स फाउण्डेशन नेपाल कास्कीलाई धन्यवाद दिनुभयो । साथै उहाँले हस्तान्तरण गरिएका पोशाकहरूलाई सही सदुपयोग गरिदिन अभिभावकहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्यहरु,शिक्षक अभिभावक संघ,विद्यालयका अक्षयकोषदाता, अभिभावकहरु,शिक्षक,विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।सोही अवसरमा विद्यालयमा अध्ययनरत बाल विकास देखि कक्षा ५ सम्म अध्ययन गर्ने ६० जना विद्यार्थीहरूलाई पोशाक वितरण गरिएको थियो ।
त्यस्तै सोही अवसरमा कर्म फ्लाईट्स फाउण्डेशन नेपाल बागलुङ जिल्ला संयोजक झम बहादुर कुंवरलाई फुलमाला र दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।
कार्यक्रम गंगा प्राथमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनक बहादुर खत्रीको अध्यक्षता तथा विद्यालयका प्रधानाध्यापक कौरव बहादुर खत्रीको स्वागत मन्तव्यसंगै शुरू भएको कार्यक्रमको सञ्चालन भने विद्यालयका शिक्षक सरस्वती चालिसेले गर्नुभएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)