बुटवल,माघ २२ ।
चैतन्य एकेडेमीले बुटवल शाखा स्थापना सङ्गै काठमाण्डौ उपत्यका वाहिर पहिलो पटक शाखा अधिकृत स्तरको लोकसेवा तयारी कक्षा सुरु गरेको छ ।
लोकसेवा तयारिको लागी काठमाण्डौ जानु पर्ने बाद्द्यतालाई मद्द्यनजर राख्दै सेवामुखी भावनाले बुटवलमा शाखा विस्तार गरिएको सस्थाका सस्थापक अध्यक्ष गणेश प्रसाद जोशिले जानकारी गराउनु भयो ।
यस्ले समय र लागत बचत हुनुको साथै पारिवारिक समस्या पनि समाधान हुने बताउनुभयो । एकेडिमिले अहिले न्युना शुल्कमा शाखा अधिकृत तगायत नायब सुब्बा, खरिदार, शिक्षा सेवा एवम बैन्किङ्ग सेवाका तयारी कक्षाहरु सन्चालन भैरहेको बुटवल शाखाका प्रमुख दीपक ढकालले जानकारी गराउनु भयो ।
एकेडेमिले हरेक हप्ता बुधवार,शुक्रवार र शनिवार नमुना परिक्षा हुने जानकारी गराउनु भयो । अनुभवी र दक्ष नेपाल सरकारका अधिकृत्, सह, सचिव एव सचिव स्तरका श्रद्देय श्रोत ब्यक्तिहाररु द्वार कक्षा सन्चालन भैरहेको अवगत गराउनुभयो । सस्थाले विगत १२ वर्ष देखी खरिदार देखी सहसचिव सम्ममा 'तयारी कक्षा सन्चालन गरिरहेको र धेरै भन्दा धेरै ब्यक्तिहरुला नेपाल सरकारको विभिन्न तहमा प्रवेश गराउन सफल भैरहेको छ ।
चैतन्यले अधिकृत स्तरको लोकसेवा तयारी कक्षा सुरु लोकसेवा तयारिमा आफ्नो पृथक छवि बनाएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)