Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

बुटवलमा भोलिदेखि थकाली युवा समितिको राष्ट्रिय महाधिवेशन

बुटवलमा भोलिदेखि थकाली युवा समितिको राष्ट्रिय महाधिवेशन

  • 1.2K
    SHARES

  • बुटवलमा भोलिदेखि थकाली युवा समितिको राष्ट्रिय महाधिवेशन

    बुटवल,माघ २२ ।

    भोलीदेखि बुटवलमा थकाली युवा समितिको राष्ट्रिय महाधिवेशन हुँदैछ । २०७७ सालमा थकाली सेवा समितिको स्वीकृती पछि गठन गरिएको थकाली युवा समितिको यो दोस्रो राष्ट्रिय महाधिवेशन हो ।

    दुई दिनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुको साथै थकाली अर्थविज्ञहरु, आदिवासी जनजाति युवा महासंघ, पकाली अनुसन्धान केन्द्रबाट प्रशिक्षित गर्ने तथा युबा थकाली व्यवसायीहरुबाट उद्यमशीलता सम्बन्धी ज्ञान आदान प्रदान गरिने महाधिवेशनको बारेमा जानकारी गराउन मंगलबार बुटवलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा समितिका अध्यक्ष योगेन्द्र शेरचनले जानकारी गराउनुभयो ।

    त्यसैगरी थकाली समुदायको भाषा, कला र संस्कारलाई जिवन्त बनाउने, पूर्वजहरुका योगदान र त्यागलाई सम्बद्र्धन गर्ने, नयाँ पुस्तालाई आफ्नो संस्कृति र मर्यादा प्रति जागरुक गराउने, उच्च ओहदामा थकाली समुदायको वर्चश्व कायम गर्न प्रशिक्षण गर्ने, थकाली समुदायका सम्पदाहरुलाई सरक्षण गर्ने, पूर्वजका गाथा, भाका र भेषलाई मध्यनजर गराई अग्रज र अनुज बिचको सम्बन्धलाई प्रगाढ बनाउने, थकालीहरुको मौलिक तारा खेललाई परम्परागत खेलको रुपमा विकास र सम्बद्र्धन गरी युवा वर्गलाई यस खेलमा अग्रसर गराउने लगायतका विषयमा छलफल हुने उहाँले जानकारी गराउनु भयो । कार्यक्रममा करिब ७५ जना थकाली युवा प्रतिनिधि र पर्यवेक्षकको रुपमा सहभागि हुनेछन् ।

    पाक सातसय (पासाङ) क्षेत्रबाट अन्यत्र बसाईसराई गर्ने क्रम वृद्धि भएपछि २००७ सालको राजनीतिक परिवर्तनको बदलिदो परिस्थितिलाई ध्यानमा राखी विभिन्न स्थानमा बसोवास गर्ने थकाली समुदायको एकतालाई संरक्षण गर्नको लागि पोखरा, काठमाण्डौ, बुटवल, भैरहवा लगायतका १९ क्षेत्र र बिदेशमा ३ क्षेत्र गरी २२ क्षेत्रमा थकाली सेवा समिति गठन गरिएको उहाँले जानकारी गराउनुभयो ।

    प्रतिनिधि सभा सदस्य योगेश गौचन थकालीको प्रमुख आतिथ्यतामा हुने महाधिवेशनमा थकाली समुदाबाट राष्ट्रलाई उच्च योगदान पुर्याएका राष्ट्रिय क्रिकेट खेलाडी शक्तिप्रसाद गौचन र साहित्यकार मनिषा गौचनलाई नगद पुरस्कार सहित सम्मान गरिने छ भने थकाली समुदायको पवित्र धार्मिक स्थल पुडयुड ओढार (बाह्र बर्षे मेलामा ४ चनका पाँडेहरुले वंशावली वाचन गर्न स्थल पुनर्निमार्णका लागि ५० हजार रुपैंया आर्थिक सहयोग प्रदान गरिने उहाँले बताउनु भयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology