Logo मंगलवार, श्रावण १२ गते २०८३
images

मुक्तिनाथ धाममा चार वेद अठार पुराणको विराट महायज्ञ शुरू

मुक्तिनाथ धाममा चार वेद अठार पुराणको विराट महायज्ञ शुरू

  • 1.9K
    SHARES

  • मुक्तिनाथ धाममा चार वेद अठार पुराणको विराट महायज्ञ शुरू

    बुटवल,माघ २२ ।

    बुटवल उपमहानगरपालिका वडा नं १२ नयाँगाउँमा रहेको धार्मिक पर्यटकीय स्थल स्वामिनारायण मुक्तिनाथ धाममा आजबाटअठार पुराण तथा चार वेदको अनुष्ठान शुरु भएको छ ।

    आज बिहान ११ बजेदेखि शोभा कलश यात्रासहित नगर परिक्रमा गरेपछि महायज्ञको उद्घाटन गरिएको हो ।महायज्ञको  बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले शुभारम्भ गर्नुभयो ।Khelraj.jpg

    सो अवसरमा बोल्दै उहाँले महायज्ञहरूले  धर्म संस्कृति र परम्पराको रक्षा र जन र जगतको कल्याण गर्ने धारणा राख्नुभयो ।महायज्ञमा पहिलो चरणमा चैतन्य कृष्ण र बालव्यास अनुराधा पाण्डे दोस्रो चरणमा अनुराधा देवी  र तेस्रो चरणमा आचार्य बिष्णु ज्ञवाली लगायतले संगीतमय कथा प्रवचन दिनुहुनेछ ।maha aarati.jpg

    हरेक दिन रुपन्देहीका स्थानीय पालिका प्रमुखहरुबाट उद्वाटन गराउने तालिका रहेको यस महायज्ञमा दीपप्रज्वलन , भजन कृतन तथा विभिन्न गोष्ठीहरु समेत आयोजना हुने मुक्तिनाथ धामका संरक्षक स्वामी लोकानन्दले बताउनुभयो ।dham.jpg

    यसैगरी आजबाट दैनिक सन्ध्यामा महाआरती समेत हुने धामका अध्यक्ष बाबुराम महतले जानकारी दिनुभयो ।  फागुन ९ गतेसम्म संचालन हुने महायज्ञमा अठार पुराण तथा चार वेदको अनुष्ठान हुने हुँदा अरु यज्ञहरु भन्दा फरक रहेको महायज्ञ  सम्पादन मूल समितिका संयोजक डिल्लीप्रसाद शर्मा आचार्यले बताउनुभयो ।lok bhajan.jpg

    हिजोमात्रै धाममा मुक्तिनाथ मंगल भवनको उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले शिलान्यास गर्नुभएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology