Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

बुटवलमा आजदेखि क्यान्सर विरुद्धको खोप, ४६ जना स्वास्थ्यकर्मी परिचालन

बुटवलमा आजदेखि क्यान्सर विरुद्धको खोप, ४६ जना स्वास्थ्यकर्मी परिचालन

  • 843
    SHARES

  • बुटवलमा आजदेखि क्यान्सर विरुद्धको खोप, ४६ जना स्वास्थ्यकर्मी परिचालन

    बुटवल,माघ २२।

    बुटवल उपमहानगर नगरपालिकाले आजदेखि पाठेघरको मुखको क्यान्सर विरुद्दको खोप ‘एचपीभी” (हृयुमनप्यापुलोना भाइरस) लगाउने भएको छ ।

    बुटवलका विभिन्न विद्यालय, स्वास्थ्य संस्था स्तरीय खोप केन्द्र तथा आम्दा अस्पतालमा गरि ८३ वटा खोप केन्द्रबाटमाघ २२ देखि २९ गतेसम्म खोप अभियान सञ्चालन गरिने उपमहानगरका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले नागरिक अनलाइनलाइ जानकारी दिए ।

    बुटवल भित्रका ७० वटा विद्यालय, १२ वटा स्वास्थ्य संस्था स्तरीय खोप केन्द्र तथा खोप अभियानपछि छुटेकाहरूलाईआम्दा अस्पताल बुटवलमा माघ २८ र २९ गते दुई दिन खोप लगाइने उनले बताए ।

    संघीय सरकारले अभियानकारूपमा सञ्चालन गरेको खोप कार्यक्रम मार्फत बुटवलका १० हजार किशोरीलाई खोप लगाउने लक्ष्य राखिएकोस्वास्थ्य शाखा प्रमुख पाण्डेले बताए ।

    अभियान अन्तरगत विद्यालय जाने ९ हजार ८१४ तथा विद्यालय बाहिर रहेका १४७ जना किशोरीको तथ्याङ्क संकलनगरि खोप सञ्चालन गर्न लागिएको उनले बताए ।

    एचपीभी खोपलाई प्रभावकारी बनाउन विद्यालय, स्वास्थ्य स्वयम्सेविका तथा सरोकारवाला पक्षसँग छलफल तथा अभिमुखीकरणमा कार्यक्रमहरु गरिएको उनले बताए ।

    नेपाली महिलाको सबैभन्दा बढीमा देखिने स्वास्थ्य सम्बन्धी समस्यामध्ये एक पाठेघरको मुखको क्यान्सर हो । योसमस्यालाई निराकरण गर्न लक्षित समुह नछुट्ने गरी खोप केन्द्र तोकिएको र सोही अनुसार तयारी गरिएको बुटवलउपमहानगर खोप फोकल पर्सन कल्पना भुसालले बताइन् ।

    बुटवलमा खोप अभियानका लागि १७२ जना स्वास्थ्य स्वयम् सेविका, विद्यालयका शिक्षिका तथा नर्स ७० जनालाईप्रशिक्षित गरिएको खोप फोकल पर्सन भुसालले बताइन् ।

    यसैगरी ४६ जना स्वास्थ्यकर्मी समेत खोपका लागिपरिचालन गरिने भएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • मंगलवार, माघ २२ २०८१०९:४१:५३

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology