Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

विश्व शान्तिको कामना गर्दै कांग्युर(त्रिपिटक) पाठ बाचन अनुष्ठान हुने

विश्व शान्तिको कामना गर्दै कांग्युर(त्रिपिटक) पाठ बाचन अनुष्ठान हुने

  • 1.3K
    SHARES

  • विश्व शान्तिको कामना गर्दै कांग्युर(त्रिपिटक) पाठ बाचन अनुष्ठान हुने

    बुटवल,माघ २१।

    गुरुङ डाँडा व्यवस्थापन समिति बुटवलको आयोजनामा आगामी शुक्रबारदेखि विश्व शान्तिको कामना गर्दै कांग्युर(त्रिपिटक) पाठ बाचन अनुष्ठान यज्ञ सञ्चालन हुने भएको छ ।

    माघ ३० गतेसम्म सञ्चालन हुने उक्त अनुष्ठानमारुपन्देहीसहित देशका विभिन्न जिल्लाहरुबाट ७७ हजार बढी भक्तजनले पूजा पाठका लागि सहभागी हुने अपेक्षागरिएको छ । 

    बुटवलको चाँदबारीस्थित गुरुङ डाँडा व्यवस्थापन समितिको कार्यालयमै हुने अनुष्ठानमा बौद्ध विद्वान खेन रिन्पो शिरलामा गुरुबाट कांग्युर बाचन तथा पुण्य संचय विषयमा धर्म देशना हुने आयोजक समितिका संयोजक जमुना गुरुङलेजानकारी दिइन् । अनुष्ठान कार्यक्रममा हरेक दिन कांग्युर बाचन तथा पितृहरुको नाममा दान, पूजापाठ, दीपप्रज्जवलन लगायतका धार्मिक कार्यहरु हुने उनले जानकारी दिइन् । 

    कांग्युर अनुष्ठान बारे जानकारी गराउन सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै गुरुङ डाँडा व्यवस्थापनसमितिका अध्यक्ष आशबहादुर गुरुङले सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी गराए ।

    अनुष्ठानमा कुनै पनिजातजातिले सहभागिता जनाउन सक्ने बताउँदै उनले गुरुङ समुदायको मात्र नभई सबै नेपालीहरुले पूजापाठमा सहभागीभए पीतृलाई मोक्ष प्रदान गर्नुका साथै विश्व जगतलाई शान्तिको कामना गर्न सकिने उल्लेख गरे । अनुष्ठान अन्तरगतसम्पूर्ण प्राणी जगतको मोक्षका लागि होम कार्यसमेत गरिने समितिका संस्थापक अध्यक्ष तथा संरक्षक सर्वराज गुरुङले बताए ।IMG_9835.jpeg

    बौद्ध दर्शन अनुसार सबैभन्दा ठूला अनुष्ठानको रुपमा रहेको टिंग्युरपछिको अनुष्ठा नै किंग्युर भएको बताउँदै समितिकानिर्वतमान अध्यक्ष तथा सल्लाहकार देवप्रसाद गुरुङले कम खर्चमा पनि मोक्ष प्राप्तिका लागि अनुष्ठानमा सहभागी हुनआह्वान गरे ।

    समितिले २०७९ सालमा यज्ञहरु मध्येको सबैभन्दा सानो अनुष्ठान मानिने हिंयुपति गरेको थियो भने यसवर्ष कंग्युर अनुष्ठा गरेर आगामी वर्षमा सबैभन्दा ठूला मानिएको टिंग्युर गर्ने योजनामा रहेको सल्लाहकार झपटबहादुरगुरुङले बताए । 

    यज्ञमा भोजन दानका लागि ७ हजार, नास्ता दानका लागि ४ हजार, चिया दानका लागि २ हजार, पुस्तक ठेलीबाचनका लागि १ हजार ५ रुपैयाँ, १०८ दीप प्रज्जवलनका लागि १ हजार ५ रुपैयाँ, मूल बत्तीका लागि ७ सय, ६ सय र५ सय रुपैयाँ दानशुल्क तोकिएको समितिका सहसचिव दलबहादुर गुरुङले जानकारी दिए ।

    उनका अनुसार पूजा अनुष्ठानका लागि रकम संकलनको काम सुरु भइसकेको छ । सोमबार यज्ञका लागि मिनकाउरीगुरुङ र उनको परिवारबाट ३ लाख बढीका आर्थिक रकम प्राप्त भएको तथा संरक्षक सर्वराज गुरुङले १ लाख रकम दानघोषणा गरेको उनले जानकारी दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • सोमवार, माघ २१ २०८१०४:४९:२८

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology