Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

गुल्मी सिर्सेनी समाज रुपन्देहीको दोश्रो अधिबेशन सम्पन्न

गुल्मी सिर्सेनी समाज रुपन्देहीको दोश्रो अधिबेशन सम्पन्न

  • 1.4K
    SHARES

  • गुल्मी सिर्सेनी समाज रुपन्देहीको दोश्रो अधिबेशन सम्पन्न

    बुटवल,माघ २१ ।

    गुल्मी सिर्सेनी समाज रुपन्देहीको यहि माघ १९ गते शनिबारको दिन  बुटवलको देविनगरमा सम्पन्न तेस्रो बार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले भिष्म राज अर्यालको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन  गरेको छ ।

     जसको वरिष्ठ उपाध्यक्षमा ऋषि भट्टराई , महिला उपाध्यक्षमा गंगा खड्का कुँवर ,सचिवमा जयन्त घर्ती  , कोषाध्यक्षमा ज्ञानु अर्याल र सदस्यहरुमा बिपना नानु अर्याल ,डा शिसिर अर्याल  ,टेक राज अर्याल र  विष्णु पुरी सर्वसम्मत रुपमा चयन भएका छन् ।

    रोमलाल पुरीको संयोजकत्वमा गठन भएको निर्वाचन मण्डलले सर्वसम्मत रुपमा नया कार्यसमिति चयन गरेको हो । कार्यक्रम मदाने गाउँपालिका ०३ सिर्सेनिका पुर्व वडाध्यक्ष नारायण  घर्तीको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो ।

    कार्यक्रममा अथिति , समाजका प्रमुख सल्लाहकारको उपस्तिथि रहनुका साथै शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा  बिशिष्ठ सदस्य ,आजीवन सदस्य , साधारण सदस्य तथा  गुल्मीको सिर्सेनी बाट रुपन्देही आएर बिभिन्न पेशा व्यवसाय आवद्ध उल्लेख्य सर्वसाधारणको उपस्थिति रहेको थियो । कार्यसमितिको पहिलो बैठकले आदर्श भट्टराई र हरि केसि लाई कार्यसमिति सदस्यमा मनोनित गरेर एघार सदस्य पुर्याएको  छ ।  हाल सम्म आजिवन सदस्य २५,बिशिस्ट सदस्य २० र साधारण सदस्य ७८ जना रहेको सदस्य हरि केसिले  बताए ।

    रुपन्देहीमा आएर बिभिन्न पेशा ब्यवसायमा आबद्ध भएका ,बसाइ सराइ गरेर पनि रुपन्देही र आसपासका जिल्लामा  कर्मथलो बनाएका सिर्सेनी बासिलाइ संगठित गर्ने र बिशुद्ध सामाजिक सेवाको भावका साथ स्थापित समाजले आफ्नो अगुवाइमा सहयोगी हातहरु संग समन्वय गरि गुल्मीको सिर्सेनिमा बृहत् स्वास्थ्य शिविर र रक्तदान जस्ता कार्यक्रम  सम्पन्न गरेको छ भने   आयश्रोत कमजोर भएर बिभिन्न समस्यामा परेका सिर्सेनी बासीलाई समाजको पहलमा सक्दो आर्थिक तथा अन्य सहयोग गर्ने गरेको अध्यक्ष भिष्म अर्यालले बताए ।

    कार्यक्रममा अध्यक्ष भिष्म अर्यालले प्रगति प्रतिवेदन काेषाध्यक्ष ज्ञानु अर्यालले आर्थिक प्रतिवेदन पेश गरेका थिए भने कार्यक्रमको संचालन सचिव महेन्द्र अर्यालले गरेका थिए ।

    साथै सभाले बिधानमा केहि संसोधन  गर्नु पर्ने आवश्यता देखिएमा त्यस लाई औल्याइ बिज्ञहरुको राय सुझावमा उक्त काम सम्पन्न गर्न उपाध्यक्ष ऋषि भट्टराई लाई जिम्मा दिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • सोमवार, माघ २१ २०८१०४:१६:५४

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology