Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

चौराहामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा धनबहादुरको मृत्यु

चौराहामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा धनबहादुरको मृत्यु

  • 1.2K
    SHARES

  • चौराहामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा  धनबहादुरको मृत्यु

    बुटवल,माघ २० ।

    बुटवलको राजर्माग चौराहामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख ८८६ नम्बरको ट्रकले लु ९४ प ८५९४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा सो दुर्घटना परी स्कुटरका चालकको मृत्यु भएको हो ।

    दुर्घटनामा परी मृत्यु हुनेमा गुल्मी स्थायी घर भई हाल बुटवल कालिकानगरमा बस्ने ७२ वर्षीय धनबहादुर पुन रहेको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजयराज पण्डितले जानकारी दिए ।

    दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको डीएसपी पण्डितले जानकारी दिए । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको उनले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology