देवदह,माघ २० ।
रूपन्देहीको भुपु सैनिकमा जीवन याेग प्रयाेगशालाकाे शुरूवात भएकाे छ । लुम्बिनी महिला उत्थान समुह तिलाेत्तमा ११ काे आयाेजना तथा भुपू सैनिक टाेल विकास संस्थाकाे सह आयाेजनामा शनिवार देखि उक्त जीवन याेग प्रयाेगशालाकाे शुरूवात भएको हाे ।
जिवन याेग प्रयोगशाला उद्घाटन समाराेह कार्यक्रमका प्रमुख अतिथी तिलाेत्तमा नगर प्रमुख राम कृष्ण खाँणले जीवन विज्ञानका उर्जाध्यान विधीहरूले दिर्घ जीवनका लागि खुराक प्रदान गर्ने हुँदा दैनिक जीवनमा यस्काे अनुशरण गर्नु पर्ने बताउनु भयाे ।
लुम्बिनी महिला उत्थान समुह तिलाेत्तमा ११ कि अध्यक्ष लिला गाहाकाे अध्यक्षतामा भएकाे उद्घाटन कार्यक्रममा नगर प्रमुख खाँणले तिलाेत्तमावाशीलाई याेगमा जाेड्नकाे लागि पहल गर्ने प्रतिबद्वता समेत ब्यक्त गर्नु भयाे ।
उक्त जीवन याेग प्रयाेगशाला कार्यक्रममा लुम्बिनी प्रदेश जीवन बिज्ञान सह संयाेजक दुर्गा बहादुर क्षेत्रीले स्वजागरण कार्यक्रम संचालन गर्नु भयाे । लुम्बिनी महिला उत्थान समुहकि सहसचिव कल्पना बुढामगरकाे स्वागत मन्तब्यबाट शुरू भएकाे कार्यक्रममा जीवन विज्ञान देवदह संयाेजक नमकान्त पान्डे तथा याेग प्रशिक्षक सीता देवी न्याैपानेले याेगले जीवनमा पार्ने सकारात्मक प्रभावका बारेमा मन्तब्य राख्नु भएकाे थियाे ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)