Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

फोहोर टिप्ने दौड प्रतियोगिताको उपाधि इन्द्र थारुले जितेर पाए ५५ हजार पुरस्कार

फोहोर टिप्ने दौड प्रतियोगिताको उपाधि इन्द्र थारुले जितेर पाए ५५ हजार पुरस्कार

  • 2.2K
    SHARES

  • फोहोर टिप्ने दौड प्रतियोगिताको उपाधि इन्द्र थारुले जितेर पाए ५५ हजार पुरस्कार

    बुटवल,माघ १९ ।

    सरसफाइ चेतना वृद्धिका लागि शनिबार बुटवलमा सम्पन्न फोहोर टिप्ने दौड प्रतियोगिताको उपाधि इन्द्र थारुले हात पारेका छन् । उपाधिसँगै उनले नगद ५५ हजार पुरस्कार राशीबाट सम्मानित भएका छन् । उनलाई लुम्बिनी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीले पुरस्कार राशीको चेक हस्तान्तरण गरे । 

    क्लोथ एन्ड फुड बैंक नेपालले सरसफाइ तथा जनचेतना वृद्धिका लागि दौड (ट्रयास रेस, बुटवल) आयोजना गरेको थियो । बुटवलको कालिकापथस्थित क्लब डेनेभोबाट सुरु भएको दौड प्रतियोगिता तीनकुने चोक, इट्टाभट्टी, सब्जी मण्डी, ट्राफिक चोक हुँदै भुड्कीचोक, राजमार्ग चौराह, कालिकान पथ भएर पुनः क्लब डेनेभोको अगाडि आएर समापन गरिएको थियो । प्रतियोगिताका विजेता थारुले निर्धारित १ घण्टाको समयावधि मध्ये ५० मिनेट २१ सेकेण्डमा सबैभन्दा बढी ७ किलो ६ सय ग्राम फोहर संकलन गरेका थिए ।fohar.jpg

    यसैगरी आशिष थापाले दोस्रो स्थान हासिल गर्दै नगद ३० हजार पुरस्कार राशी प्राप्त गरे भने तेस्रो स्थान हासिल गरेका अजय पाण्डे क्षेत्रीले नगद १५ हजार पुरस्कार राशी प्राप्त गरे ।  ट्रयास रेस तोकिएको समयमा सम्भव भएसम्म फोहोर संकलन गरेर सरसफाइ गर्ने प्रतियोगिता हो । 

    यसअघ प्रतियोगिताको समुद्घाटन गर्दै बुटवल उपमहानगरका नगरप्रमुख खेलराज पाण्डेले युवाहरुको सक्रिय सहभागिताले नै सकारात्मक सोचको बिकास र परिवर्तन सम्भवन भएको उल्लेख गरे । उनले बुटवलमा ट्राफिक व्यवस्थापन तथा सचेतनाका लागि समेत विद्यालयका विद्यार्थी तथा युवाहरुलाई परिचालन गर्ने सोच बनाएको उल्लेख गरे ।

    कार्यक्रम संयोजक लक्ष्मण श्रेष्ठले वातावरणीय चेतना जगाउँदै सरसफाइमा सहयोग पुर्‍याउन प्रतियोगिता आयोजना गरिएको बताए । क्लोथ एन्ड फुड नेपाल (कपडा बैंक)का अध्यक्ष कमल जीसीले प्रतियोगितामा उत्साहजनक सहभागिता भएको बताउँदै समुदायलाई एकताबद्ध बनाउने र स्वच्छता तथा फोहोर व्यवस्थापनप्रति सचेत बनाउन सहयोग गरेको अपेक्षा व्यक्त गरे । 

    प्रतियोगिता सम्पन्न गर्नका लागि नेपाल खेलकुद पत्रकार मञ्च रुपन्देहीका अध्यक्ष सुमन अधिकारीको संयोजकत्वमा पत्रकार दिनेशकुमार श्रेष्ठ, डि.बी. सुस्लिङ लगायतका सदस्यले मूल्याङ्कन तथा विजेता छनोट गरेका थिए भने सुमन श्रेष्ठको सञ्चालनमा कार्यक्रम भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, माघ १९ २०८१०९:५५:४२

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology