Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

न्यू इन्भाइरन्मन्ट अंग्रेजी माविको ३१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

न्यू इन्भाइरन्मन्ट अंग्रेजी माविको ३१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

  • 1.7K
    SHARES

  • न्यू इन्भाइरन्मन्ट अंग्रेजी माविको ३१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

    बुटवल, माघ १९ ।

    रुपन्देहीको तिलोत्तमा ५ मणिग्राम स्थित न्यू इन्भाइरन्मन्ट अंग्रेजी माध्यमिक विद्यालयको ३१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

    विभिन्न तीन चरणमा शुक्रबार र शनिबार विविध कार्यक्रम सहित वार्षिकोत्सव सम्पन्न गरिएको विद्यालयका सहप्राचार्य ध्रुव खरेलले जानकारी दिनुभयो । तीन सत्रमा वार्षिकोत्सव कार्यक्रम सम्पन्न गर्ने विद्यालयको योजना अनुरूप माघ १८ गते शुक्रबार कक्षा ११ र १२ का विद्यार्थीको प्रस्तुति, दिउँसो कक्षा ४ सम्मका विद्यार्थीहरुको विभिन्न प्रस्तुतीसंगै शनिबार कक्षा ५ देखि १० कक्षासम्मको वार्षिकोत्सव कार्यक्रममा विद्यार्थीहरुले विभिन्न विधामा आफ्नो प्रस्तुति पस्केका थिए ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेत्रलाल वनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य मधुप्रकाश ज्ञवालीले विद्यालयको प्रगति दिनप्रतिदिन चुलिदो रहेको बताउनुभयो ।वहाँले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई किताबी ज्ञान मात्र नभई अतिरिक्त क्रियाकलापमा समेत अब्ब्ल बनाउने गरि पठन पाठन गराउदै आएको जनाउनुुभयो ।
    वहाँले आध्यात्मिक शिक्षा तथा पञ्चशीललाई ग्रहण गर्दै विद्यार्थीहरुलाई नैतिकवान बनाउने विद्यालयको मुख्य ध्येय रहेकोबताउनुभयो । अक्षय कोषदाता, शिक्षक, शिक्षिका, कर्मचारी र विद्यार्थी लगायतलाई सम्मान गरिएको कार्यक्रममा छात्रवृत्ति समेत प्रदान गरिएको थियो ।IMG_9613.jpeg

    विद्यालय व्यवस्थापन समितिका प्रबन्ध निर्देशक हरिप्रसाद न्यौपानेले विद्यालयको सर्वाङ्गीण विकास र गुणस्तरका साथै विद्यार्थीको प्रतिभा प्रस्फुटन गराउने उद्धेश्यसहित ३ चरणमा वार्षिकोत्सव कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

    २ दिनसम्म चलेको वार्षिकोत्सव कार्यक्रममा विद्यार्थीहरूले विभिन्न साँस्कृतिक गीत सँगीत, नृत्य, भाषणकला, कविता वाचन, वाद्यवादनसँगै गितार प्रस्तुति, कराते प्रदर्शन, पेनिका प्रस्तुति, नाटक, प्रहसन लगायतका विभिन्न प्रस्तुतिमा आफुलाई निखारेका थिए । न्यू इन्भाईरन्मन्ट मा.वि. मा कुल २ हजार ७० जना विद्यार्थीहरु अध्ययनरत छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, माघ १९ २०८१०८:०५:२८

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology