Logo बिहिवार, आश्विन १ गते २०८३
images

न्यू इन्भाइरन्मन्ट अंग्रेजी माविको ३१ औं वार्षिकोत्सव

न्यू इन्भाइरन्मन्ट अंग्रेजी माविको ३१ औं वार्षिकोत्सव

  • 1.2K
    SHARES

  • न्यू इन्भाइरन्मन्ट अंग्रेजी माविको ३१ औं वार्षिकोत्सव

    बुटवल,माघ १९।

    तिलोत्तमा नगरपालिका वडा नम्बर ५ मणिग्रामस्थित  न्यू इन्भाइरन्मन्ट अंग्रेजी माध्यमिक विद्यालयको ३१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न  भएको छ । यस पटक तीन सत्रमा  नयाँ तरिकाबाट  वार्षिकोत्सव कार्यक्रम सम्पन्न गर्ने विद्यालयको योजनाअनुरूप शुक्रबार कक्षा ११ र १२ को वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो ।

     माघ १८ गते कक्षा ११ र १२ को बिहान ७ बजेदेखि १० बजेसम्म र दिउँसो नर्सरीदेखि चार कक्षासम्मको र शनिबार माघ १९ गते कक्षा ५ देखि १० कक्षासम्मको वार्षिकोत्सव कार्यक्रम राखिएको विद्यालयका प्राचार्य मधुप्रकाश ज्ञवालीले बताए ।

    कक्षा ११ र १२ का विद्यार्थी, शिक्षक, अभिभावक एवं उच्च पदस्थ अधिकारीहरुका साथ सम्पन्न गरिएको उक्त कार्यक्रम बिहान ७ बजेदेखि १० बजेसम्म राखिएको थियो ।  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेत्रलाल वनको अध्यक्षतामा सम्पन्न गरिएको उक्त कार्यक्रममा विद्यालयका प्राचार्य ज्ञवालीले  विद्यालयको प्रतिवेदन वाचन गरेका थिए भने कक्षा ११ र १२ का संयोजक शान्ता भुसालले स्वागत मन्तव्य राखेकी थिईन् ।विद्यालयका सहायक प्राचार्य ध्रुव खरेलको संयोजनमा राखिएको उक्त कार्यक्रममा विद्यालयका नेपाली विषय शिक्षक वासुदेव गौतमले मन्तव्य राखेका थिए भने विद्यालय व्यवस्थापन समितिका प्रबन्ध निर्देशक हरिप्रसाद न्यौपानेले विद्यालयको सर्वाङ्गीण विकास र गुणस्तरका साथै विद्यार्थीका प्रतिभा प्रस्फुटन होउन् भनेर तीन चरणमा वार्षिकोत्सव कार्यक्रम राखेको बताए ।env.jpg

     विद्यार्थीहरूका विभिन्न साँस्कृतिक नृत्य, गीत, मन्तव्य, कविता प्रस्तुत गरिएको उक्त कार्यक्रममा कक्षा १२ मा अध्ययनरत दुईजना छात्रछात्राहरू निकिता कार्की र चित्रबहादुर गाहालाई छात्रवृत्ति प्रदान गरिएको थियो ।

    सभाध्यक्षको रूपमा बोल्दै नेत्रलाल वनले विद्यार्थीका अन्तर्नित प्रतिभालाई प्रस्फुटन गराई कसैले पनि प्रतिभा देखाउन नछुटोस् भनेर तीन चरणमा वार्षिकोत्सव तथा अभिभावक दिवस मनाइएको र आगामी दिनमा यसैगरी निरन्तरता दिने कुरा बताए । २ सय जनाको  उपस्थितिमा सम्पन्न उक्त कार्यक्रमको  सञ्चालन कक्षा १२ की छात्रा भूमिका पाण्डेले गरेकी थिईन् ।

    त्यस्तैगरी  विद्यालयले शुक्रबारै कक्षा ४ सम्मका सबै विद्यार्थीहरुलाई सहभागी गराई  विभिन्न विद्यार्थीहरुले  गीत, संगीत, चित्रकला, नृत्य, कविता, कथा, हार्मोनियम, मादल, गितार, किर्वोड, कराते,पुस्तक प्रदर्शनीलगायतका ६४ वटा प्रतिभा प्रस्तुत गरिएको थियो भने २२ वटा विधामा विद्यार्थीहरुलाई प्रशिक्षण दिईएको थियो ।

    विद्यालयका प्रधानाध्यापक मधुप्रकाश ज्ञवालीले आध्यात्मिक शिक्षा, पञ्चशीललाई ग्रहण गर्दै विद्यार्थीहरुको गुणस्तरीय शिक्षामा जोड दिएको भन्दै वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । न्यू इन्भाईरन्मन्ट मा।वि। मा कुल २ हजार ७० जना विद्यार्थीहरु अध्ययनरत छन्  । शनिबारै कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरुको प्रतिभा प्रस्तुत गरी औपचारिकरुपमा वार्षिकोत्सव कार्यक्रम समापन गरिनेछ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology