बुटवल,१८ माघ ।
बुटवल – ११ नहरपुरमा अवस्थित ज्ञानपुञ्ज ईङ्गलीस बोर्डिङ्ग स्कुलले एक कार्यक्रम गरि वार्षिकखेलकुदको पुरस्कार वितरण, साहित्यिक महोत्सव पुस्तक प्रर्दशन र खाना महोत्सव सम्पन्न गरेको छ ।
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष गंगाराम ढकालको अध्यक्षता, बुटवल उपमहानगरपालिकाका शिक्षा शाखाअधिकृत टीकाराम पन्थीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा ५० जना विद्यार्थीले साहित्यका कविता, कथा, गीत, गजल र नाटक रचनावाचन गरिएको छ ।त्यस्तैगरी माघ ६ गतेदेखि ९ गतेसम्म र माघ १५ गतेदेखि १७गतेसम्म भएको एक हप्ते खेल समूहमा प्रस्तुत गरीएका ३ हजार मीटर, १ सय मिटर र ४ सय मिटर रिले रेश, ज्याम्लीङथ्रो, टग अफवार, कपर्दी, भलिवल, क्रिकेट, फुटवल , हाइजम्प, लङजम्प , कूचीदौड, स्पोन रेसलगायत ५० प्रकारकाखेल खेलाइएको र एक हजार ९५ जना विद्यार्थीले सहभागी भएर विभिन्न पदक प्राप्त गरेका छन् ।
त्यसैगरी खाना महोत्सवमा सरिक भएर विभिन्न गु्रपका विद्यार्थीले विभिन्न थरीका परिकार बनाएका छन् । जसमाकक्षा १० का विद्यार्थीले सबैभन्दा धेरै ८ हजार रुपैयाँका खाना बेचेका थिएभने ७ हजार, ६ हजार, ५ हजार , ३ हजार, २हजार र १ हजार ५ सय सम्म सेल गर्ने विद्यार्थीहरुको समूहरु थुप्रै रहेका थिए ।
कार्यक्रममा विद्यार्थीले ताण्डव नृत्य, स्वस्थानी भजन, स्वस्थिक वाचनलगायतका साँस्कृतिक कार्यक्रमहरु सम्पन्नभएका छन् । साहित्यिक महोत्सवअन्तर्गत विपना जि.सी. प्रवीन श्रेष्ठलगायत विद्यालयका शिक्षक हरि भट्टराई, कोशीस भुसालले आफ्ना रचना प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि टिकाराम पन्थीले तिनाउपारीज्ञानपुञ्जले शिक्षा तथा खेलकुद क्षेत्रमा विशिष्ट योगदान दिएको बताए । बुटवल नगरबाट ‘क’ वर्गको विद्यालयमामनोनित भएको बताए ।
कार्यक्रममा विद्यालयका प्राचार्य तोयाराम पौडेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्षगंगाराम ढकाललगायतले आफ्नो मन्तव्य राखेका थिए । उक्त कार्यक्रम विद्यालयका ईसिए कोर्डिनेटर हरि भट्टराईलेसञ्चालन गरेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)