Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

नेपाल पर्यटन तथा होटल श्रमिक संघ रूपन्देहीमा नयां नेतृत्व चयन,अध्यक्षमा भण्डारी

नेपाल पर्यटन तथा होटल श्रमिक संघ रूपन्देहीमा नयां नेतृत्व चयन,अध्यक्षमा भण्डारी

  • 5.0K
    SHARES

  • नेपाल पर्यटन तथा होटल श्रमिक संघ रूपन्देहीमा नयां नेतृत्व चयन,अध्यक्षमा भण्डारी

    बुटवल,माघ १८।

    नेपाल पर्यटन तथा होटल श्रमिक संघ जिल्ला कार्यसमिति रूपन्देहीमा नयां नेतृत्व चयन भएको छ । बुटवलमा सम्पन्न चौथो जिल्ला अधिवेशनले थम्मन बहादुर भण्डारीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

    समितिको उपाध्यक्षमा मिना बेल्वासे ,सचिवमा अर्जुन पोखरेल,सहसचिवमा श्रीराम भण्डारी, कोषाध्यक्षमा जनक पाण्डे निर्वाचित हुनुभएको हो ।

    त्यस्तै सदस्यहरूमा कमला पाण्डे, रिम बहादुर थापा,गोकर्ण रायमाझि ,पिताम्बर राना, रूप भण्डारी, मिना बस्याल निर्वाचित हुनुभएको निर्वाचन अधिकृत काजिमान श्रेष्ठले जानकारी दिनुभयो । समितिले  २ जना पछि मनाेनित गर्ने नवनिर्वाचित अध्यक्ष थम्मनबहादुर भण्डारीले जानकारी दिनुभयो ।

    लुम्बिनी अध्यक्ष सन्तोष खड्काको अध्यक्षता तथा नेपाली कांग्रेस  रूपन्देही सभापति रामकृष्ण खांणको प्रमुख आतिथ्यता तथा कांग्रेस नगर सभापति खेलराज पाण्डेय उपस्थितिमा  कार्यक्रम भएको हो ।

    सो अवसरमा प्रमुख अतिथि नेपाली कांग्रेस रूपन्देही सभापति रामकृष्ण खांण,कांग्रेस नगर सभापति खेलराज पाण्डेय,होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघका अध्यक्ष लेखनाथ भण्डारी,ट्रेड युनियन कांग्रेस रूपन्देही सभापति रामप्रसाद ढकाल, प्रदेश सचिव  केशवराज पाण्डे लगायतले बोल्नुभएको थियो । 

    सो अवसरमा संघको प्रदेश उपाध्यक्षमा मनोनित माधव ढकाललाइ सम्मान समेत गरिएको थियो ।IMG_9467.jpeg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology