Logo बिहिवार, आश्विन १ गते २०८३
images

अध्यादेशबाट शासन चलाउन खोज्नु गलत हो : उपमहासचिव वर्षमान पुन

अध्यादेशबाट शासन चलाउन खोज्नु गलत हो : उपमहासचिव वर्षमान पुन

  • 900
    SHARES

  • अध्यादेशबाट शासन चलाउन खोज्नु गलत हो : उपमहासचिव वर्षमान पुन

    तानसेन, माघ १७ ।

    नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले वर्तमान सरकार संसदको सामना गर्न डराएको बताउनुभएको छ । सरकारको समर्थनमा दुई तिहाइको बहुमत भन्नेले संसदको सामना गर्न नसकेर अध्यादेशको साहारा लिएर शासन गर्न खोजेको आरोप उहाँले लगाउनुभयो। 

    प्रेस सेन्टर पाल्पाले बिहीबार तानसेनमा गरेको पत्रकार भेटघाटमा बोल्नुहुँदै उहाँले संवैधानिक प्रक्रिया अवलम्बन गर्न सरकार डराएको दाबी गर्नुभयो । संसद छलेर अध्यादेशबाट शासन गर्न खोज्नु सर्वथा गलत रहेको नेता पुनको भनाइ छ । उहाँले भन्नुभयो, "कानुन निर्माण प्रक्रियामा संसद छल्न खोज्नु सरकार स्वेच्छाचारिता तर्फअघि बढ्नु हो, अध्यादेशबाट शासन चलाउन खोज्नु गलत हो ।"

    पूर्व अर्थमन्त्रीसमेत रहनुभएका पुनले वर्तमान सरकार अर्थतन्त्र सुधार गर्न पूर्णत असफल भएको दाबी गर्नुभयो । अर्थतन्त्र सुधार गर्न सरकारले कुनै ठोस पहल नगरेकाले अर्थतन्त्र थप धरासायी बनेको उहाँले उल्लेख गर्नुभयो । उहाँले प्रचण्ड नेतृत्वको सरकारको तुलनामा अहिले अर्थतन्त्र थप गहिरो सङ्कटतर्फ धकेलिएको जिकिर गर्दै अर्थतन्त्र सुधार गर्नका लागि आफूले सरकारलाई सहयोग गर्ने बताउनुभयो । 

    माओवादी वर्तमान सरकार भत्काएर पुन सरकारमा जाने योजना छ कि भन्ने पत्रकारहरूको प्रश्नमा उहाँले आफूहरूले सरकारमा जाने कुनै योजना नरहेको स्पष्ट पार्नुभयो । उहाँले सडक र सदनबाट प्रतिपक्षको भूमिका निर्वाह गर्ने जानकारी दिनुभयो । "अब हामी सरकारमा जाने छैनौँ, जनतासँग जानेछौँ," उहाँले भन्नुभयो, "आगामी निर्वाचनमा माओवादी केन्द्र एक्लै चुनाव लड्नेछ ।" नेता पुनले समाजवादी मोर्चालाई अघि बढाएर एकतासम्म लैजाने योजना रहेको बताउनुभयो । 

    नेता पुनले हालको निर्वाचन प्रणालीले कुनै पनि दललाई एकल बहुमत नदिने अवस्था रहेकाले निर्वाचन पद्धति परिवर्नत गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । अहिले निर्वाचन प्रणालीले कुनै पनि दलले बहुमत ल्याउने अवस्था नरहेको बताउँदै उहाँले निर्वाचनपछि गठबन्धन गरेर सरकार बनाउनु स्वभाविक रहेको उहाँको भनाइ छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology