बुटवल,माघ १७ ।
रुपन्देहीको बुटवल सुख्खानगरमा रहेको क्यानन् माध्यमिक विद्यालयमा खाना महोत्सव तथा सांगीतिक कार्यक्रम भएको छ ।
विद्यालयको माध्यमिक तहमा अध्ययन गर्ने होटल ब्यवस्थापन संकायका विद्यार्थीहरुले गरेको खाना महोत्सवमा सातै प्रदेशका परिकार र त्यहाँको भेष, भुषा र पहिचानको बारेमा जानकारी गरिएको थियो ।
खाना महोत्सवमा विद्यार्थीहरुले मःम, चाउमिन, चिकन ससेस, चिकन चिल्ली, रोस्ट, पाकौडालगायतका परिकार र सातै प्रदेशका खानालाई समेत समावेश गरिएको विद्यालयका प्राचार्य शंकर भण्डारीले जानकारी दिनुभयो ।
उहाँले कक्षा कोठामा दिईने सैद्धान्तिक ज्ञानसँगै बाहिरी र ब्यवहारिक ज्ञानलाई पनि जोड दिदै खाना महोत्सव, सांगीतिक कार्यक्रमजस्तै अन्य विभिन्न अतिरिक्त कार्यक्रमलाई पनि जोड दिदै आएको बताउनुभयो । 
कार्यक्रमका महोत्सवका प्रमुख अतिथी होटल तथा रेष्टुरेन्ट ब्यवसायि संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीले विद्यार्थीलाई ब्यवहारिक ज्ञानको आवश्यक पर्ने बताउनुभयो ।
विद्यार्थीहरुलाई कितावीकुराहरुसँगै ब्यवहारिक शिक्षा पनि दिनु पर्ने जोड दिदै समयसमयमा गरिने अतिरिक्त कार्यक्रमले विद्यार्थीको बौद्धिक क्षमताको थप विकास गर्ने बताउनुभयो । कार्यक्रममा विद्यालयका प्रवन्ध निर्देशक दिपक पौडेलले विद्यार्थीको चौतर्फि विकासकालागि खाना महोत्सवसँगै, खेलकुद, कला, साहित्य र सांगितीक कार्यक्रमलाई क्रमिक रुपमा संचालन गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा कलाकार विष्णु श्रीपाली, प्रविन नेपाली, माधव अधिकारी, भुवन बराल, रोशन अधिकारीलगायतका कलाकारहरुको प्रस्तुती र विद्यार्थीहरुको सांगितीक कार्यक्रम भएको शिक्षक पवन बस्यालले जानकारी दिनुभयो ।
खाना महोत्सवका स्टलहरुमा नेपालका विभिन्न सात प्रदेशका स्टल, तिनको चिनारी, धार्मिक र साँस्कृतीक पहिचानहरुलाई समेत विद्यार्थीहरुले प्रदशर्न गरेको शिक्षक बस्यालले जानकारी दिनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)