Logo बिहिवार, आश्विन १ गते २०८३
images

महानायक राजेश हमालद्वारा मुक्तिनाथधाममा पूजाअर्चना

महानायक राजेश हमालद्वारा मुक्तिनाथधाममा पूजाअर्चना

  • 1.4K
    SHARES

  • महानायक राजेश हमालद्वारा मुक्तिनाथधाममा पूजाअर्चना

    बुटवल,माघ १७ ।

    नेपाली चलचित्र जगतका महानायक राजेश हमालले बुटवल १२ नयाँगाउँस्थित श्री स्वामिनारायण मुक्तिनाथधामकोदर्शन गर्नुभएको छ ।

    सो अवसरमा उहाले धाममा रहेको शिवज्योतिंिलंगमा जलापर्ण साथैपूजा आरती समेत गर्नुभयो । रुपन्देहका बिभिन्न कार्यक्रममा सहभागि हुने क्रममाउहाँले बुटवल क्षेत्रकै एतिहासिक धार्मिक धरोहर  मुक्तिनाथधामको दर्शन तथा पूजा अर्चनागर्नुभएको हो । उहाँले सो धाममा पुगेर आफुलाइ निकै  आनन्द अनुभूति भएको समेत अनुभव सुनाउनुभयो।IMG_9412.jpeg

    उहाँले धाममा माघ २२ गतेदेखि फागुन ९ गतेसम्म आयोजना हुने १८औं वृहत् महायज्ञसफल बनाउन समेत अपील गर्नुभयो । हमाललाइ धामका प्रमुख संरक्षक १००८ स्वामि लोकानन्दलेस्वागत गर्दै हमालसंग जनताले धेरै अपेक्ष गरेको बताउनुभयो । उहाले अब बिस्तारैजनभावनालाइ सम्बोधन गर्नका लागि समेत हमाललाइ आग्रह गर्नुभयो ।

    देशलाइ धर्म, ज्ञान रपुण्यको मार्गमा प्रेरित गर्नुपर्ने बताउनुभयो । सो धाममा धाममा माघ २२ गतेदेखिफागुन ९ गतेसम्म आयोजना हुने १८औं वृहत् महायज्ञको तयारी तिब्र पारिएको र दैनिकबिभिन्न समितिका बैठकहरु र आवश्यक तयारी गरिएको धामका अध्यक्ष बाबुराम महतले जानकारी दिनुभयो ।

    महायज्ञका लागि प्रचारप्रसार समेत शुरु गरिएको  गोपाल पाण्डेले बताउनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology