बुटवल,माघ १७ ।
तिलोत्तमा जेसीजको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा बुटवलका फिजिसियन डा.नन्दु पाठकलाई मेडिकल हिरो अवार्ड प्रदान गरिएको छ । डा.पाठकलाई मेडिकल हिरो अवार्ड सहित बुधबार तिलोत्तमा जेसीजले उक्त अवार्ड प्रदान गरेको हो ।
उहाँले स्वास्थ्य सेवामा पुर्याएको योगदानको उच्च सम्मान सहित तिलोत्तमा जेसीजले वर्ष सम्मान अन्तर्गत यस वर्ष चिकित्सा विधामा चिकित्सा नायक पुरस्कार (मेडिकल हिरो अवार्ड)बाट सम्मान गरेको हो ।
उहाँलाई तिलोत्तमा जेसीजका अध्यक्ष महेश शर्मा पौडेल, पूर्वअर्थमन्त्री तथा नेपाली काँग्रेसका प्रवक्ता डा। प्रकाशशरण महत, तिलोत्तमा नगरपालिकाका नगरप्रमुख तथा नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले अवार्ड सहित दोसल्ला ओढाएर सम्मान गर्नु भएको हो ।
त्यस अवसरमा तिलोत्तमा जेसीजमा नवनिर्वाचित अध्यक्ष प्रकाश न्यौपाने, कार्यकारिणी उपाध्यक्ष महिमा कुवर, सपन पौडेल, उपाध्यक्षमा संजोक ज्ञवाली, डा.मुकेश सापकोटा, सन्तोष ढकाल र प्रकाश पौडेल तथा अध्यक्षले मनोनित गर्ने कानुनी सल्लाहकारमा मनोनित भानु पोखरेल, महासचिवमा रामबहादुर रोका र कोषाध्यक्ष पदमा दीपक घिमिरेलाई पदस्थापन गरिएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)