Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

इन्टलेक्चुअलमा निशुल्क स्वास्थ परिक्षण तथा खाना महोत्सव

इन्टलेक्चुअलमा निशुल्क स्वास्थ परिक्षण तथा खाना महोत्सव

  • 915
    SHARES

  • इन्टलेक्चुअलमा निशुल्क स्वास्थ परिक्षण तथा खाना महोत्सव

    बुटवल,माघ  १७ |

    बुटवल ११ कालीकानगर भुवनसिङमार्गमा  रहेको इन्टलेक्चुअल स्कूलमा बिहीबार निशुल्क स्वास्थ्य परिक्षण सहित खाना महोत्सव   खेलकुद गरिएको छ ।
    स्कुलका सल्लाहकार एवं लुम्बिनी प्रादेशिक अस्पतालका नाक कान तथा घाटीरोग बिभागका प्रमुख डा. बिष्णु शर्माको नेतुत्वमा गरिएको निशुल्क परिक्षणमा  तिलोत्तमा हस्पिटल  बुटवलका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. मोहनलाल तिवारी , लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ बालबिषेशज्ञ डा. नेत्र बहादुर राना , कन्सलटेन्ट फिजिसियन डा.  सागर पौडेल,नाक कान घाटी रोग विशेषज्ञ डा .सबिता अर्यालले  अभिभावक र विद्यार्थीहरुको परिक्षण गर्नुभएको थियो ।
    बिहिवार नै कक्षा ६ देखी ९ कक्षासम्मका विद्यार्थीहरुले खाना महोत्सव गरेका थिए ।महोत्सवमा विद्यार्थीहरुले परम्परागत नेपाली खानाका प्रकारहरु बनाएर अभिभावकहरुलाई खुवाएका थिए।विद्यार्थीहरुले बनाएका परिकार अभिभावकहरुले रुचाएका थिए ।

    सोही महोत्सवमा कक्षा ५ का विद्यार्थीहरुले फलफुल र तरकारीका गेडागुडीहरु  को स्टल राखेर खरिदबिक्री गरेका थिए ।
    स्वास्थ परिक्षण र खाना महोत्सवसंगै तेस्रो त्रैमासिक परिक्षाको नतिजा पनि सार्बजनिक गरिएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बिहिवार, माघ १७ २०८१०३:१९:३६

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology