Logo मंगलवार, श्रावण १२ गते २०८३
images

संवैधानिक राष्ट्रप्रमुख कुनै पार्टीको राजनीतिमा फर्किने कुरा उचित होइन :ज्ञवाली

संवैधानिक राष्ट्रप्रमुख कुनै पार्टीको राजनीतिमा फर्किने कुरा उचित होइन :ज्ञवाली

  • 864
    SHARES

  • संवैधानिक राष्ट्रप्रमुख कुनै पार्टीको राजनीतिमा फर्किने कुरा उचित होइन :ज्ञवाली

    बुटवल,माघ १६ ।

    नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रपति भइसकेको व्यक्ति दलीय राजनीतिमा सक्रिय हुने कुरा उचित नभएको बताएका छन् । 

    पूर्वराष्ट्रपति विद्यादेवि भण्डारी नेकपा (एमाले) मा फर्किने चर्चा भइरहेको बेला बुधबार पत्रकार भेटघाट कार्यक्रममा उपमहासचिव ज्ञवालीले मुलुककै अभिभावक भइकसकेको मान्छे पार्टीको प्रत्यक्ष कार्यकारी भूमिकामा फर्किने कुरा उचित नभएको बताएका हुन्। 

    उनका अनुसार राष्ट्रपति वा उपराष्ट्रपति संस्था गणतन्त्रको प्रतिकको रूपमा हुँदा उक्त संस्थाहरूलाई सुदृढिकरण गर्दै थप मर्यादित बनाउनुपर्नेछ। 'राष्ट्रपति वा उपराष्ट्रपति संस्था गणतन्त्रको प्रतिकको रूपमा नवोदित संस्थाहरू हो। त्यो संस्थालाई सुदृढिकरण गर्नु र त्यसलाई थप मर्यादित बनाउनु हामी सबैको कर्तव्य हो,' उनले भने, 'पूर्वराष्ट्रपति र उपराष्ट्रपतिज्युहरू सचेत नै हुुनुहुन्छ भन्ने म ठान्दछु।'

    संवैधानिक राष्ट्रअध्यक्षहरू मुलुकको अभिभावक हुँदा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको अभिभावकको रूपमा पूर्वराष्ट्रपति नै हुने उनको भनाइ छ।

    'मुलुककै अभिभावक भइकसकेको मान्छे पार्टीको प्रत्यक्ष कार्यकारी भूमिकामा फर्किने कुरा चाहीँ उचित हो जस्तो म ठान्दिनँ,' उनले भने, 'सामान्य अवस्थामा पनि त्यो उचित हो भन्ने म ठान्दिनँ। कुनै असामान्य अवस्था उत्पन्न भयो भने हरेक व्यक्तिको भुमिका राष्ट्रले माग्छ। त्यस्तो बेलामा छुट्टै बहस गर्न सकिन्छ।'
    यस्तै, पूर्वराष्ट्रिपति भण्डारी नेकपा एमालेको सक्रिया राजनीतिमा फर्किने कुरा बाहिर निर्माण गरेको भाष्य उनले बताए। त्यस्तै, अध्यक्ष केपी ओलीसँग प्रतिष्पर्धा गर्न खोज्न आउने कुरामा सत्यता नभएको उनको दाबी छ।  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology