Logo बिहिवार, आश्विन १ गते २०८३
images

सामाजिक सञ्जालले सत्यलाई झुट र झुटलाई सत्य जस्तो बनायो : प्रवक्ता डा. महत

सामाजिक सञ्जालले सत्यलाई झुट र झुटलाई सत्य जस्तो बनायो : प्रवक्ता डा. महत

  • 918
    SHARES

  • सामाजिक सञ्जालले सत्यलाई झुट र झुटलाई सत्य जस्तो बनायो : प्रवक्ता डा. महत

    बुटवल,माघ १६ ।

    नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले सामाजिक सञ्जालमा आएको मिथ्या कुराहरूले स्थापित दलहरूप्रति विकर्षण आएको बताएका छन् ।

    कांग्रेस रुपन्देही २ क्षेत्रीय समितिले आज बुटवलमा गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा महतले सामाजिक सञ्जालमा मिथ्या कुराहरू आउने क्रम बढेको उल्लेख गरेका हुन् । 

    उनले युवाहरूले सामाजिक सञ्जालमा धेरै विश्वास गर्ने र सामाजिक सञ्जालले सत्यलाई झुट र झुटलाई सत्य जस्तो भ्रममा पार्ने उनको भनाई थियो । महतले सामाजिक सञ्जालले समाजमा नकारात्मक सोच हाबी भएको भन्दै त्यसलाई उल्टाएर सकारात्मक सोचको विकास गर्नुपर्ने धारणा राखे।

    उनले अहिले मुलुकको लागि कांग्रेसबाहेक अरूको विकल्प नभएको उल्लेख गर्दै कांग्रेस छोडेर जानुपर्ने कुनै कारण नभएको जिकिर गरे । संगठनमा जहाँ समस्यामा छ, त्यहाँ केन्द्रित भएर समाधान खोज्नुपर्ने उनको भनाई थियो।

    साे अवसरमा नेपाल प्रेस युनियनबाट पत्रकार महासंघका बिभिन्न तहमा निर्वाचित पत्रकारहरुलाइ सम्मान समेत गरिएको  थियो।

    क्षेत्रिय सभापति प्रजापाल गिरीको अध्यक्षतामा भएको साे कार्यक्रममा कांग्रेस लुम्बिनी प्रदेश कोषाध्यक्ष प्रकाश राना,क्षेत्रिय सचिव बिमलराज भट्टराई,कांग्रेस नगर सभापति खेलराज पाण्डेय लगायतले बाेलेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology