Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

ब्रिटिस ग्रामर स्कूलमा ‘बीजीएसआर क्रियटिभ फेस्ट–२०८१’ सुरु

ब्रिटिस ग्रामर स्कूलमा ‘बीजीएसआर क्रियटिभ फेस्ट–२०८१’ सुरु

  • 2.1K
    SHARES

  • ब्रिटिस ग्रामर स्कूलमा ‘बीजीएसआर क्रियटिभ फेस्ट–२०८१’ सुरु

    बुटवल,माघ १५ ।

    ब्रिटिस एजुकेसन ग्रुपको व्यवस्थापनमा सञ्चालित रुपन्देहीको तिलोत्तमास्थित ब्रिटिस ग्रामर स्कूल रुपन्देही (नमस्तेएकेडेमी) मा आजदेखि ‘बीजीएसआर क्रियटिभ फेस्ट–२०८१’ सुरु भएृको छ । भोलिसम्म चल्ने  ‘बीजीएसआरक्रियटिभ फेस्ट विद्यालयले आयोजना गर्न लागेको तेस्रो संस्करण हो ।

    कार्यक्रमको तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् । सो अबसरमाबोल्दै नगरप्रमुख खाँणले शैक्षिक क्षेत्रको विकासमा नीजि शैक्षिक संस्थाको महत्वपूर्ण भूमिका रहेको बताए । साथैउनले नीजि शैक्षिक संस्थालाई माफियाको नजरले हेर्नु दुःखद भएको बताए ।

    नगर प्रमुख खाँणले तिलोत्तमा नगरपालिकाले सामुदायिक र नीजि विद्यालयलाई समान व्यवहार गर्ने गरेको बताए ।यस्तै विद्यालयका प्रचार्य भनेर भनिएको भन्दै  दिल बहादुर बुढाथोकीलेले विद्यार्थीहरुको क्रियटिभिटी, मौलिकतालाईबाहिर ल्याउन आफुहरुले हरेक वर्ष यो कार्यक्रम गर्ने गरेको बताए ।

     ‘यो कार्यक्रममा विद्यालयमा अध्ययनरत सबै विद्यार्थीहरु कुनै न कुनै गतिविधिमा सहभागी हुनुहुन्छ’उनले भने–‘यसलेविद्यार्थीहरुमा सहयोग, समन्वय र आत्मविश्वासको विकास गर्छ । यी सबै कारणले क्रियटिभ फेस्टले यो कार्यक्रमकोआयोजना गरेका हौं ।’ साथै  कार्यक्रमले विद्यार्थीहरुभित्र लुकेको अन्तरनीहित प्रतिभालाई बाहिर ल्याउन महत्वपूर्णसहयोग गर्ने गरेको बताए ।

    विद्यालयका संस्थापक प्राचार्य राजेन्द्र कुँवरले बीजीएसआर क्रियटिभ फेस्ट’ले खास गरी विद्यार्थीहरुको नेतृत्वसीपक्षमताको विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

    ‘अर्को महत्वपूर्ण कुरा के हो भने विभिन्न कारणले पढ्न नपाएका विद्यार्थीहरुलाई आफूले पढिसकेका कथा, नाटकआदिका पुस्तक संकलन गरेर विद्यार्थीहरुले विक्री गर्नुहुन्छ उनले भने–‘यसले विभिन्न कारणले पढ्न नपाएकाविद्यार्थीहरुलाई सहयोग हुन्छ।’ 

    गत वर्ष एक दिन मात्रै कार्यक्रम गर्ने गरिएकोमा विद्यार्थीहरुको मागलाई मध्यनजर गरि यो वर्ष २ दिनसम्म गरिएकोबताए ।

    उनका अनुसार क्रियटिभ फेस्टमा मुलत क्याफे, आर्केड, आर्ट एक्जिबेशन, रोबोटिक्स, फूड फेस्ट, हरर हाउस, मार्केट रफोटो बुथ विधाहरु समावेश छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • मंगलवार, माघ १५ २०८११०:१२:५०

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology