देवदह,माघ १४ ।
रूपन्देहीको देवदह भलुहि स्थित न्यु नमुना ईङ्गलिस बोर्डिङ्ग हाईस्कुल स्काउटको दीक्षान्त समारोह भएको छ ।
स्कुलका प्राचार्य चुराबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिे देवदह नगरपालिकाका प्रथम नगर प्रमुख हिराबहादुर खत्रीले विद्यार्थीहरुलाई अनुशासित र सभ्य बनाउन स्काउटले महत्वपूर्ण भुमिका खेल्ने बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका खत्रीले स्कुलले विद्यार्थीहरुको समग्र विकास लगायत रचनात्मक तथा सिर्जनात्मक काम सिकाउन जरुरी रहेको बताउनु भयो । कार्यक्रममा २१ जना छात्रा र १९ जना छात्रहरु दिक्षित भएका थिए ।
सहायक प्राचार्य लक्ष्मी पुन अधिकारीको स्वागत तथा शिक्षक कृष्ण पन्थीको संचालनमा भएको कार्यक्रममा देवदह वार्ड नं ९ का वडाध्यक्ष मोहनबहादुर जिसी, विद्यालय व्यवस्थान समितिका अध्यक्ष केशव प्रसाद भट्टराई, सदस्य राधिका शाहनी, देवदह नगर स्काउट आयुक्त विकास गहतराज, कोलिय इङलिस बोर्डिङ स्कुलका स्काउट शिक्षक श्री दिलमाया शर्मा, दिक्षित हुने विद्यार्थीहरुका अभिभावकहरु लगायतको उपस्थिती रहेको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)