Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

फोनिज रूपन्देहीको अध्यक्षमा मिन राना चयन

फोनिज रूपन्देहीको अध्यक्षमा मिन राना चयन

  • 1.6K
    SHARES

  • फोनिज रूपन्देहीको अध्यक्षमा मिन राना चयन

    बुटवल,माघ १२ ।

    नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रूपन्देहीको सातौ जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै  सकिएको छ। अधिवेशनले अध्यक्षमा मीन राना , उपाध्यक्षमा राज चौधरी , सचिव आकृती थापा, कोषाध्यक्ष पार्वती थारू र सह सचिव मनु गुरुङ चयन हुनुभएको छ।

    त्यसैगरि सदस्यहरु जगत बहादुर थापा , जगिलाल थापा , बसन्त सिंजाली , नारायणी पाटा , सुमन थापा , खिम रेस्मी  मगर , निलम चौधरी र एकु राना चयन हुनुभएको छ। यसअघिको उद्घाटन सत्रमा सामाजिक सञ्जालको दुरुपयोग गरी समाजमा फैलाइने भ्रमहरूलाई संचार माध्यमहरूले चिर्नसक्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।

    शनिबार बुटवलमा आयोजित नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रूपन्देहीको सातौ जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा सहभागीहरूले सुचना प्रविधिमा आएको विकाससँगै पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गरी समाजमा बिभिन्न किसिमका भ्रम फैलाउने क्रम बढ्दै गएको भन्दै त्यसलाई संचार माध्यमहरूले चिर्न सक्नुपर्नेमा जोड दिएका हुन् ।

    कोभिड-१९ पछि नेपाली संचार माध्यम संकटमा परेको र त्यसबाट जनजाति पत्रकारहरू पनि प्रभावित भएको भन्दै उनिहरूले आदिवासी जनजाति पत्रकारहरूको क्षमता बिस्तार गर्ने कार्यमा राज्यले सहयोग गर्नुपर्ने आवश्यकता औल्याए ।

    नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रूपन्देहीका अध्यक्ष सनु थापाको सभापतित्व र रूपन्देहीको कञ्चन गाउपालिका उपाध्यक्ष मौसमि पुनको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजका केन्द्रीय उपाध्यक्ष सरू राना,प्रदेश संचार प्रतिष्ठान लुम्बिनी अध्यक्ष मिलन गाहा,नेपाल मगर संघ रूपन्देही जिल्ला अध्यक्ष थर्क बहादुर बारघरे,नेपाल प्रेस युनियन रूपन्देही सभापति कबिन्द्र नेपाल,प्रेस सेन्टर रूपन्देहीका अध्यक्ष विष्णु पोखरेल,समाजवादी प्रेस संगठन रूपन्देही अध्यक्ष बिनोद परियार,प्रगतिशील पत्रकार संघ रूपन्देही अध्यक्ष बिरेन्द्र कुँवर,

    दलित पत्रकार संघ रूपन्देहीका अध्यक्ष टंक सुनार,आदिवासी जनजाति अगुवा इन्द्र राई,नेपाल मगर संघ बुटवल उपमहानगर अध्यक्ष बसन्ती साठिघरे लगायतले आ आफ्नो भनाइ राखेका थिए । संघका कोषाध्यक्ष मीन रानाको स्वागत मन्तब्यबाट सुरु भएको उद्घाटन कार्यक्रम सचिव राज चौधरीको सञ्चालनमा भएको थियो ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology