Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

`सूचना प्रविधिको विकासले मुद्रण क्षेत्र संकटतर्फ धकेलिदैं´

`सूचना प्रविधिको विकासले मुद्रण क्षेत्र संकटतर्फ धकेलिदैं´

  • 2.0K
    SHARES

  • `सूचना प्रविधिको विकासले मुद्रण क्षेत्र संकटतर्फ धकेलिदैं´

    बुटवल,माघ १० ।

    नेपाल मुद्रण उद्योग महासंघको वार्षिक साधारणसभा रुपन्देहीमा हुने भएको छ । महासंघको ११ औं वार्षिकसाधारणसभा १२ गते शनिबार रुपन्देहीको तिलोत्तमा हुन लागेको हो ।

    साधारणसभाको पूर्व सन्ध्यामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मुद्रण क्षेत्रलाई सबलीकरण गर्न छापाखानासम्बन्धी ऐन बनाउन नेपाल मुद्रण उद्योग महासंघले सरकारसँग माग गरेको छ । ऐन नहुँदा मुद्रण क्षेत्र संकटतर्फधकेलिएको भन्दै महासंघले ऐन निर्माणको माग गरेको छ । दशौं अर्ब लगानी भएको क्षेत्रलाई भन्सार नीतिमा सुधार गर्दैजिटुजी पनि खारेजीको माग गरे ।

    महासंघका अध्यक्ष विष्णु तिवारीले सूचना प्रविधिको विकासले मुद्रण क्षेत्र संकटतर्फ धकेलिएको भन्दै सेक्युरिटीप्रिन्टिङ सम्बन्धी काम सरकारी निकायबाट गरेपनि अन्य छपाईको कार्य निजी क्षेत्रलाई खुल्ला प्रतिष्पर्धाबाट गराइनुपर्नेबताए । उनले भने, ‘सरकारी क्षेत्रका पाठ्यपुस्तक पनि खुल्ला प्रतिष्पर्धाका आधारमा निजी क्षेत्रलाई छाप्न दिनुपर्छ, मुद्रण शिक्षा सम्बन्धी पाठ्यक्रम तयार गरी अध्यापन गराइनुपर्छ र सार्वजनिक खरिद ऐन संशोधन गर्न आवश्यक छ ।’IMG_8636.jpeg

    महासंघका पूर्व अध्यक्ष माधव केसीले भन्सारमा व्यापक सुधार गर्न आवश्यक रहेको बताए । हाल पाठ्यपुस्तक छपाईपनि राज्य आफैँले सञ्चालन गरेको जनक शिक्षा सामग्री केन्द्रले छाप्ने भनेर निजी क्षेत्रलाई सीमित पाठ्यपुस्तक मात्रछपाई गर्न अनुमति दिएको केसीले बताए ।

    निवर्तमान अध्यक्ष खुमकान्त रेग्मीले मुद्रण पेशमा साना मझौला र ठूला गरी ४ हजार भन्दा बढी उद्योगी व्यवसायीहरुआवद्ध रहेको बताए । यस क्षेत्रमा प्रत्यक्ष र अप्रत्यक्ष गरी १ लाख बढीले रोजगार सृजना गरेको रेग्मीको भनाइ छ ।

    ८५अर्ब लगानी रहेको यो क्षेत्रमा लुम्बिनी प्रदेशमा मात्रै ३ अर्ब लगानी छ ।वर्तमान आर्थिक अवस्थाको चरम आर्थिकमन्दी थप लगानीको अनिश्चितता, बजारको खस्किदो अवस्था, दक्ष जनशक्तिको अभाव बढ्दो लागतले मूल्यकाकारण यो व्यवसाय कठिन अवस्थामा पुगेको केसीको भनाइ छ ।

    २०६४ देखि पाठ्यपुस्तक छपाई गर्न अनुमतिदिए पश्चात पाठ्यपुस्तक क्षेत्रमा मात्रै झण्डै १२ अर्ब लगानी थप भएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बिहिवार, माघ १० २०८१०८:०३:५८

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology