रमेश अर्याल ।
अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका–४, पटौटीमा जन्मिएका बिनोद घिमिरे एक बहुआयामिक व्यक्तित्व हुन्। पिता श्यामनाथ कश्यप घिमिरे र माता गंगादेवी कश्यप घिमिरेका कान्छा सुपुत्र बिनोद घिमिरे आफ्नो दृढ नेतृत्व, निष्ठा, र सेवाभावका लागि परिचित हुनुहुन्छ। बुटवल जेसिज बर्ष २०२४ का अध्यक्षको रुपमा कुशलता पुर्वक कार्यकाल सम्पन्न गरेपछी उहाँको चर्चा थप चुलिएको छ ।
घिमिरे बुटवल एकेडेमिक इन्स्टिच्युटका कार्यकारी अध्यक्ष, दाउन्ने देवी स्वास्थ्य तालिम केन्द्रका निर्देशक, र ईडिएफ एजुकेशनका अध्यक्ष हुनुहुन्छ।
बाल्यकालमै बाल नेविसंघबाट प्रारम्भ गरेका घिमिरे हाल नेपाल तरुण दलका केन्द्रीय सदस्यको भूमिकामा सक्रिय हुनुहुन्छ। उहाँको राजनीतिमा प्रवेश र स्थायित्वको श्रेय उहाँका पिता श्यामनाथ घिमिरेको प्रेरणालाई जान्छ, जसले आफ्नो जीवनमा लोकतन्त्र र विधिको शासनलाई सुदृढ बनाउने अभियानमा समर्पित जीवन जिए।
बुटवल जेसिज: घिमिरेको नेतृत्वकाल
२०२४ मा बुटवल जेसिजको अध्यक्षको रूपमा बिनोद घिमिरेले पदभार सम्हाल्दा उहाँले “लोकतन्त्र, नेतृत्व, र सकारात्मक परिवर्तन” लाई आफ्नो प्राथमिकतामा राख्नुभयो। मौनता ठूलो शक्ति हो भन्ने कुरा बुझ्नु भएका उहाँले आफ्नो लक्ष्य निरन्तर कर्म गर्दै जादा अबरोधका पहाड आफै ढ्ल्ने मान्यता राख्नु हुन्छ । एक कदम पछाडी सार्दैमा ब्यक्ती कमजोर हुदैन बरु थप शक्तिका साथ गन्तव्यमा लम्किन सक्छ भन्ने प्रेरणा घिमिरेबाट पाईन्छ । उहाँको कार्यकाल बुटवल जेसिजकै लागि मात्र होइन, समाज र युवाहरूका लागि एक प्रेरणादायक समय रह्यो।
कार्यकालका मुख्य उपलब्धिहरू
1. नेतृत्व विकास तालिमहरू:
बुटवल उपमहानगरका टोल विकास संस्थाका पदाधिकारीलाई नेतृत्व विकास तालिम।
संसदीय बैठक प्रणालीको दुईदिने तालिम।
2. शैक्षिक र सामाजिक सचेतना कार्यक्रमहरू:
बुटवल जेसिजद्वारा विद्यार्थीहरूको शैक्षिक भविष्यबारे छलफल।
मानसिक स्वास्थ्यबारे सचेतना अभियान।
3. समुदाय विकास:
अर्घाखाँची जिल्लामा अर्घाखाँची जेसिजको स्थापना।
सामाजिक, आर्थिक, र शैक्षिक क्षेत्रमा २४ भन्दा बढी कार्यक्रमहरू।
4. नीतिगत संवाद:
बुटवलको समृद्धि र देशको अर्थतन्त्रबारे विज्ञहरूसँग अन्तरसंवाद कार्यक्रम।
नेतृत्वको विशेषता:
बिनोद घिमिरेको नेतृत्व लोकतान्त्रिक आचरण, साहस, र इमान्दारितामा आधारित छ । राजनैतिक गफगाफमा भुल्नेहरुको भिड्मा बिषय केन्द्रित छलफलमा जुट्ने स्वभावका कारण युवा पुस्ता माझ प्रिय हुनुहुन्छ । बुटवल जेसिजको अध्यक्षको रुपमा उहाँले सबैलाई सहभागी गराई संस्थालाई नयाँ उचाइमा पुर्याउन सक्ने नेतृत्व कौशल प्रस्तुत गर्नुभयो।
“बदला लिएर होइन, बदलिएर देखाउनु पर्छ” भन्ने उहाँको नारा मात्र थिएन; यो उहाँको नेतृत्व शैलीको सार थियो।
राष्ट्रिय नेतृत्वका लागि योग्य युवा
बिनोद घिमिरेको नेतृत्व बुटवल जेसिजमा मात्र सीमित छैन। नेपाल जेसिजका क्षेत्रीय र राष्ट्रिय कार्यक्रममा उहाँको सक्रिय भूमिकाले उहाँलाई राष्ट्रिय नेतृत्वका लागि योग्य बनाएको छ।
२०५७ सालमा विद्रोही पक्षद्वारा अपहरण र ४४ दिनसम्मको बन्धक अवस्थाबाट पनि विचलित नभई लोकतन्त्रप्रतिको विश्वासमा दृढ रहनुभएका पिता श्यामनाथ घिमिरेको आदर्शले प्रेरित बिनोदले समाज, शिक्षा, र राजनीतिमा सधैं अग्रणी भूमिका खेल्ने प्रण गर्नु भएको छ।
अन्त्यमा
बिनोद घिमिरेको नेतृत्वकाल बुटवल जेसिजका लागि एक स्वर्णिम अध्याय हो। उहाँले समाजिक सेवा, युवाको सशक्तीकरण, र सकारात्मक परिवर्तनका लागि उदाहरणीय योगदान दिनुभएको छ।
उहाँको सफल यात्रा र सेवाभावले भावी पुस्तालाई नेतृत्व र सामाजिक उत्तरदायित्वको मार्गमा अघि बढ्न प्रेरणा दिनेछ। बिनोद घिमिरेको भविष्यका कदमहरूले समाज र राष्ट्रलाई अझ प्रगति र समृद्धि दिलाउने विश्वास गरिएको छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)