Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

आज वर्षाको सम्भावना,तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो

आज वर्षाको सम्भावना,तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो

  • 2.1K
    SHARES

  • बुटवल,माघ ३ -

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज वर्षाको सम्भावना रहेको जनाएको छ । 

    महाशाखाले आज नेपालमा दक्षिण पूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जनाएको छ । 

    महाशाखाले हालको मौसमको अवस्थाबारे जानकारी दिँदै हाल प्रदेश १ का पहाडी भूभागमा सामान्य बदली  रहेको र बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । देशका तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।

    यसैगरी, आज दिउँसो  प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली रहने छ भने प्रदेश २ , बागमती र गण्डकी  प्रदेशमा आंशिक बदली रहनेछ पूर्वानुमानमा उल्लेख छ । 

    यस्तै, बाँकी प्रदेशमा सामान्यतया सफा रहने र प्रदेश नं १ का  एक दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ।

    त्यसैगरी, राति  प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै भूभागहरू साथै सुदूरपश्चिम प्रदेशका तराइका भूभागहरूमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भूभागमा आंशिक बदली रहनेछ। 

    भने, प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेशका  एक दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology