बुटवल,माघ ६।
बुटवल ११ कालिकानगर भुवनसिङमार्गमा रहेको इन्टलेक्चुअल एकेडेमीमा सञ्चालन गरिएको खेलकुद सप्ताह सकिएको छ ।
बुधबारदेखि सञ्चालन गरिएको खेल सप्ताह आइतबार सम्पन्न गरिएको हो ।
खेलकुद मार्फत विद्यार्थीमा रहेको प्रतिभाको छनोट गर्नका लागि आयोजित खेलकुद सप्ताहका क्रममा सदनात्मक तथा कक्षागत रूपमा बिद्यार्थीलाई विभाजन गरि प्रतियोगिता गराईएको थियो।
नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरु सहभागी भएको खेलकुद कार्यक्रममा भलिवल, कबड्डी, फुटसल, रीले दौड सटपट, हाइजम्प, लमजम्प, टेबलटेनिस, ब्याटमिन्टन, ज्यावलिङ थ्रो, कुर्चिदौड, साइकिल दौड, बास्केटबल, खो-खो लागायतका खेलहरूमा प्रतिस्प्रर्धा गराइएको थियो ।
खेल सप्ताहको समापनमा खेलमा उत्कृष्ट विद्यार्थीलाई मेडल, ट्रफी र प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो । पुरस्कार विद्यालय सञ्चालक समितिका पुर्व अध्यक्ष डिल्लीराज अर्याल, सस्थापक संचालक रामराज पोख्रेल, संचालक जिवाखर अर्याल माध्यमिक तह संयोजक छन्तबहादुर पान्डेयले बितरण गर्नुभएको थियो ।
समापन कार्यक्रम अतिरिक्त क्रियाकलाप संयोजक सुबास भण्डारीको अध्यक्षता र कोर्डिनेटर माया पौडेलको सञ्चालनमा सप्पन्न भएको थियो थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)