स्याङ्जा,माघ ६ ।
स्याङ्जाको वालिङ नगरपालिका १४ गाजनेमा रहेको कालिगण्डकी माध्यमिक विधालयले स्थापनाको ३७ औं बार्षिकउत्सव तथा अभिभावक भेला एक कार्यक्रमको विच शनिबार सम्पन्न गरेको छ ।
विधालयका संस्थापक व्यवस्थापन समिति अध्यक्ष लक्ष्मी प्रसाद डुुम्रेको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा बोल्दै डुम्रेले शिक्षानै जिवनको मुल आधार भएको बताए ।
पछिल्लो विश्व शिक्षाको मार्गमा तिब्रतामा अगाडि बढेको बताउदै यसलाई युग सापेक्ष अगाडि बढाउनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा वालिङ् नगरपालिका १४ का वडा अध्यक्ष बोधराज कुवर (राजु)ले शिक्षालाई फराकिलो र आम पहुँचमा पुर्याउन राज्यले कडाइसाथ कानुन बनाउनु पर्ने बताए । बिशिस्ट अतिथिको आसनबाट बोल्दै कुंवरले शिक्षा र स्वास्थ्यलाई वडाले उच्च प्राथमिकतामा राखेको जिकिर समेत गरे ।
कार्यक्रममा विशिष्ट अतिथिको रुपमा कार्यपालिका सदस्य भगवती पाण्डे डुम्रे,भक्त बहादुर गोतामे, कृष्ण बहादुर खांड,अक्षयकोष दाता डेमकला डुम्रे ,विधालयका प्रधानध्यापक तारा प्रसाद लुइँटेल लगायतले शुभकामना सहित भनाइ राखेका थिए ।
कार्यक्रममा विभिन्न अक्षयकोषबाट सम्मान तथा अभिनन्दन समेत गरिएको थियोे । एसईई मा उत्कृष्ट ३ जनालाई परमानन्द डुम्रे स्मृति अक्षयकोष २०७६ बाट नगद र प्रमाणपत्र,सीताराम डुम्रे स्मृति कोष बाट १-३ कक्षाका विधार्थीलाई पुरस्कार वितरण,तुलसीराम खनाल काँइला अक्षयकोषबाट कक्षा ८ मा उत्कृष्ट १ जनालाई नगद र प्रमाणपत्र र टीकाराम पाठक स्मृति पुरस्कार वितरण गरिएको थियोे ।
विधालय व्यवस्थापन समितिका अध्यक्ष कमल कुंवरको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत मन्तव्य विधार्थी शंकर डुम्रे र शिक्षक केशव गैरेले राखेका थिए भने सञ्चालन शिक्षक दिपक डुम्रेले गर्नुभएको थियोे ।
कार्यक्रममा चन्दादाता,जग्गादाता,अक्षयकोष लगायतलाई सम्मान समेत गरिएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)