Logo बिहिवार, आश्विन १ गते २०८३
images

तिनाउ खेल सप्ताह-२०८१ समापन,उत्कृष्टलाइ पुरस्कार बितरण

तिनाउ खेल सप्ताह-२०८१ समापन,उत्कृष्टलाइ पुरस्कार बितरण

  • 948
    SHARES

  • तिनाउ खेल सप्ताह-२०८१ समापन,उत्कृष्टलाइ पुरस्कार बितरण

    बुटवल,माघ ४ ।

    तिनाउ खेल सप्ताह-२०८१ समापन गरिएको छ ।सप्ताहको आज एक कार्यक्रमका बीच पुरस्कार वितरण गरी समापन गरिएको हो ।

    पौष २६ गतेदेखि शुरू भएको कार्यक्रममा ४५ वटा विधाका खेलकुदमा करिब ३८० वटा मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियो।

    विद्यालयकी प्राचार्य सीता पाण्डेले बसन्तपञ्चमीको अवसरमा अक्षरारम्भ कार्यक्रम सहित विभिन्न सांस्कृतिक कार्यक्रम तथा शैक्षिक वर्ष २०८० को एकेडेमिक पुरस्कार वितरण गरिने बताउनुभयो  ।

    सो दिन दिन अक्षरारम्भ गर्ने नानीबाबुहरूको भर्नामा विशेष छुट रहने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि विद्यालय व्यवस्थापन समिति अध्यक्ष यज्ञमूर्ति पाण्डेले खेल सप्ताहमा विजेतालाई बधाई तथा प्रतिस्पर्धी तथा सहभागी लगायत प्रत्यक्ष अप्रत्यक्ष रुपमा कार्यक्रमलाई सफल गराउन खटिनु हुने सम्पूर्णलाई धन्यवाद दिनुभयो ।

    उहाले यहि  महिनामा हुने रजत महोत्सवको तयारीमा जुटेको र अब विभिन्न किसिमका चरणबद्ध कार्यक्रमहरु गरिने पाण्डेले बताउनुभयो। विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख अग्निधर पोखरेलको सञ्चालनमा चलेको कार्यक्रममा संयोजक नारायण पोखरेल तथा इन्चार्जहरुले पुरस्कार वितरणमा सहयोग गर्नुभएको थियो।33503277-3416-46a0-8f45-ea63ee5df59b.jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology