Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

सांस्कृतिक मौलिकता जोगाउन बुटवल १५ मा बाध्यवादन तालिम

सांस्कृतिक मौलिकता जोगाउन बुटवल १५ मा बाध्यवादन तालिम

  • 903
    SHARES

  • सांस्कृतिक मौलिकता जोगाउन बुटवल १५ मा बाध्यवादन तालिम

    बुटवल,माघ ३ ।

    सांस्कृतिक मौलिकता जोगाउने उद्देश्यले बुटवल उपमहानगरपालिका  १५ सेमलारमा बाध्यवादन तालिम गरिएको छ । १५ दिने तालिमअन्तर्गत मादल , खैजडी र मजुरा बजाउन सिकाइएको हो ।

    कार्यक्रमको समापनमा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले अहिलेको समयमा शिक्षासँगै सीप हुनुपर्ने बताउनुभयो  । उहाँले सीपसहितको शिक्षाले मानिसको जीवन धेरै सहज हुने बताउँदै नगर भौतिक विकाससँगै मानवीय विकासतर्फ अग्रसर भएको बताउनुभयो।

    समाजमा समानुपातिकरुपमा विकासलाई अघि बढाएको बताउँदै नगरबासीहरुलाई पहिलो प्राथमिकतामा राखेको बताए । नगर प्रमुख पाण्डेयले करोडौँका बजेट विनियोजन गरी गरिएका भौतिक विकासभन्दा यस प्रकारका तालिमले आफूलाई पनि आत्मसन्तुष्टी भएको बताउनुभयो।

    बुटवल ११ मा रहेको उद्यमशील ट्रेनिङ सेन्टरको संयोजन रहेको कार्यक्रममा बुटवल वडा नम्बर १५ का टोल विकास र आमा समूहका करिब ८२ जना महिलाहरुको सहभागिता रहेको थियो । ट्रेनिङ सेन्टरले स्थानीयहरुको आवश्यकतालाई मध्यनजर गर्दै सो तालिम सञ्चालन गरेको सेन्टरका अध्यक्ष राजेन्द्र पाण्डेको भनाइ छ ।baja.jpg

    कार्यक्रममा ज्येष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष मकरध्वज मल्लले मनबाटै सिकेमा जुनसुकै काम पूर्ण हुने बताउँदै यो तालिम मनोरञ्जन र स्वास्थ्यका लागि निकै राम्रो भएको बताउनुभयो।

    यसैगरी पूर्व गाविस अध्यक्ष हरिध्वज मल्लले सिकेको सीपलाई व्यवहारिक बनाउनु पर्नेमा जोड दिनुभयो । १५ दिनसम्म मादल खैजडी र मजुरा बजाउन सिकाएका प्रशिक्षक विष्णु कडेलले सिकेको सीपलाई निरन्तरता दिन जरुरी रहेको बताउनुभयो।baja talim.jpg

    प्रशिक्षार्थी वसन्ती जोशी भुसाल,इन्दिरा मरासिनी काफ्ले,जया घिमिरे लगायतले १५ दिनको तालिममा बाध्यवादनमा धेरै कुरा सिकेको बताउँदै यसलाई पूर्ण बनाउन अझै यसको एडभान्स तालिम लिन चाहेको बताउनुभयो।

    कार्यक्रममा स्वागत गर्दै वाड नम्बर १५ का वाड सदस्य तथा कार्यक्रम संयोजक रमा पौडेल पराजुलीले विभिन्न समयका शुभकार्यमा महिलाहरुले पनि बाध्यवादनका सामग्री बजाउन जान्नैपर्ने भएकाले यश तालिम दिइएको र फलदायी पनि भएको बताउनुभयो।madal talim mahila.jpg

    कार्यक्रमको समापन गर्दै वाड नम्बर १५ का अध्यक्ष तथा नगर प्रवक्ता शिव रानाले यसको तालिमले संस्कृतिसमेत संरक्षण हुने बताउनुभयो। कार्यक्रम सरु कडेल र सेन्टरका सचिव माधव गैह्रेले सञ्चालन गर्नुभएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology