Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

बुटवलमा भएको लोकभजनमा मुक्तेश्वर मन्दिर भजन समूह प्रथम

बुटवलमा भएको लोकभजनमा मुक्तेश्वर मन्दिर भजन समूह प्रथम

  • 1.6K
    SHARES

  • बुटवलमा भएको लोकभजनमा मुक्तेश्वर मन्दिर भजन समूह प्रथम

    बुटवल,माघ २ ।

    नन्दिनी गौशालामा बुटवल नगर अन्तर वडास्तरीय दोस्रो लोक भजन  प्रतियोगिता  सम्पन्न भएको छ ।

    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेशको समन्वय तथा व्यवस्थापनमा बुटवल उपमहानगरपालिकाकोआयोजनामा बुटवल – ७ शिवनगरस्थित गौशालामा लोकभजन भएको हो ।

    लोक दोहोरी गीत प्रतिठान लुम्बिनी प्रदेशका अध्यक्ष दीपु मगरको अध्यक्षतामा भएको कार्यक्रममा बुटवलउपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुखपाण्डेयले  लोकसंस्कृतिको जगेर्नाका लागि सबैले आआफ्नो ठाउँबाट पहल गर्नुपर्ने बताए । उनले बुटवलउपमहानगरपालिका सबै वर्ग, समुदाय र धर्मको लागि स्थान दिने गरेको बताउँदै लोक संस्कृति भजनको सदैव संरक्षणगर्नुपर्ने बताए ।

    प्रतियोगितामा  मुक्तेश्वर मन्दिर भजन समूह बुटवल – १७ प्रथम, परोपकार एकादशी भजन समूह बुटवल– १२ द्वितीय, शिवालय मन्दिर भजन समूह बुटवल – ७ तृतीय र  राधाकृष्ण मन्दिर भजन समूह बुटवल– ८  शान्त्वना भएका छन् ।विजेता प्रथम, द्वितीय, तृतीय र शान्त्वनाले रु ३० हजार,  २० हजार, १५ हजार  र १० हजारसहित प्रमाणपत्र प्रदानगरिएको प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक दामोदर बस्यालले बताए ।

    प्रतियोगितामा  राष्ट्रिय लोकतथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेशका संरक्षक तथा केन्द्रीय सदस्य डिल्लीनारायण पाण्डेय, नेपाल लोक भजनचुट्का संरक्षण मञ्चका केन्द्रीय अध्यक्ष  नारायण लेकाली,  र प्रतिष्ठानका पूर्व सदस्य नारायण भुसालले निर्णायककोभूमिका निर्वाह गरेका थिए  ।

    कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष दिपु मगरले पछिल्लो समय लोप हुँदै गएको लोकभजनको संरक्षण र प्रबद्र्धनका लागि प्रतियोगिता गरिएको बताए ।

    कार्यक्रममा उद्घाटन सत्रमा लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रिता थापाको सहभागीता रहेको थियो। दुई दिन सम्म सञ्चालन भएको उक्त लोक भजन प्रतियोगितामा बुटवल नगरपालिकाभित्रका प्रत्येक वडाबाट  कम्ती१ जना र बढीमा २ जना समूहलाई समावेश गरी २८ टिमको सहभागिता रहेको कार्यक्रमका सहसंयोजक तथा प्रतिष्ठानलुम्बिनीका प्रथम उपाध्यक्ष दीपक कार्कीले बताए ।

    उक्त कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव योगराजपोखरेलले गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बुधवार, माघ २ २०८११०:४४:५३

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology