बुटवल,पुस २९ ।
बुटवलमा विजनेश प्लान च्यालेन्ज (सिजन ३) प्रतियोगिता सम्पन्न भएको छ । बुटवलको कालिकानगर स्थित क्षितिज इन्टरनेशनल कलेज विद्यार्थी कल्याण परिषद र क्षितिज इन्टरनेशनलको आयोजनामा भएको प्रतियोगितमा रूपन्देही जिल्ला अन्तर्गत स्नातक तहका १३ वटा कलेज सहभागी भएका थिए ।
सो प्रतियोगितामा क्षितिज इन्टरनेशनल कलेज प्रथम भएको छ । क्षितिजले नगद ४० हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । यस्तै प्रतियोगितामा द्वितिय तिलोत्तमा क्याम्पस र तृतीय सिद्धार्थ इन्टरनेशनल कलेज भयो । उनीहरुले क्रमशः नगद २५ हजार र १५ हजार रुपिँयासहित कप, मेडल र प्रमाणपत्र पाए ।
उक्त प्रतियोगिताको लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री भूमिश्वर ढकालले एक कार्यक्रमका बीच उद्घाटन गरे । सो अवसरमा बोल्दै मन्त्री ढकालले पछिल्लो समय युवाहरु विदेशी क्रम बढीरहेको र कसरी रोक्न सकिन्छ भन्ने बहस चलिरहेकोमा कलेजले आयोजना गरेको कार्यक्रमले स्वदेशमै उद्यम गर्नेहरुलाई सहयोग पुराउने बताए ।
‘अहिले नेपालमा केही छैन् भनेर विदेशीने क्रम बढी रहेको छ । यसलाई रोक्न कसरी सकिन्छ भनेर बहस चलिरहेको अवस्थामा क्षतिज कलोज आयोजना गरेको यो कार्यक्रम पक्कै पनि सहयोगि हुने नै छ । निरन्त रुपमा यस्तै हौसला बढाउने कार्यक्रम गरेर विद्यार्थीहरुलाई स्वदेशमै केही गर्ने मनोबल बनाउने कार्यक्रम गर्न आग्रह पनि गर्छु,’ –मन्त्री ढकालले भने ।
मन्त्री ढकालले नेपालमै धेरै सम्भावना रहेको बताउँदै त्यसलाई कसरी प्रयोग गर्ने भन्ने महत्वपूर्ण भएकाले प्रदेश सरकार सम्भावनालाई कसरी सहि रुपमा प्रयोग गर्न सकिन्न भन्ने तर्फ नै केन्द्रित रहेको बताए ।
क्षितिज इन्टरनेशनल कजेलका अध्यक्ष रामेश्वर श्रेष्ठले विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान दिनको लागि जनामा विजनेश प्लान च्यालेन्जको आयोजना गरेको बताए । कजेलका प्रिन्सिपल डा.सूर्य रानाले यस अघि २०१९ र २०२२ मा विजनेश प्लान च्यालेन्जको पहिलो र दोस्रो संस्करण गरेको बताउँदै धेरै नै प्रभावकारी दिएको बताए ।
यसलाई आफुहरुले निरन्तरता दिने समेत बताए । कार्यक्रममा क्षतिज इन्टरनेशलन कजेलका सल्लाहाकार ज्ञानेन्द्र कसजु, निर्मलप्रसाद लाकौल, लोकनाथ उपाध्याय, होराइजन गौतमबुद्ध स्कुलका प्रिन्सिपल गोपाल आचार्य, बुटवल मोडन कजेलका प्रिन्सिपल डा. नेत्र बस्याल लगायतको सहभागिता रहेको थियो ।
उक्त विजनेश च्यालेन्ज सिजन ३ को निर्णयकको रुपमा अजयमान श्रेष्ठ, सृष्टि गुरुङ र समयक ब्रजाचार्य रहेका थिए । कार्यक्रममा विजनेश प्लान च्यालेन्जका अध्यक्ष किरणध्वज अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रतियोगिताको मुख्य प्रयोजकको रुपमा गरिमा विकास बैंक लि. रहेको थियो।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)