Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

बुटवल खाना महोत्सव तथा माघी मेला शुरु

बुटवल खाना महोत्सव तथा माघी मेला शुरु

  • 1.1K
    SHARES

  • बुटवल खाना महोत्सव तथा माघी मेला शुरु

    बुटवल,पुस २९ । 

    बुटवलमा खाना महोत्सव तथा माघी मेला २०८१ शुरु भएको छ ।

    बुटवल उपमहानगरपालिकाको संरक्षकत्व, लुम्बिनी प्रदेश सरकार, पर्यटन ग्रामीण विकास तथा शहरी विकास मन्त्रालय पर्यटन विकास परिषद बुटवल प्रवद्र्धक र रुपन्देही होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको आयोजनामा सोमबारदेखि महोत्सव शुरू भएको हो ।

    ‘नेपाली मौलिक संस्कृति र स्थानिय खानाका परिकारको हाम्रो शान, शहरदेखि गाउँसम्मको पर्यटन प्रवद्र्धन र विकास हाम्रो अभियान’ भन्ने नारासहित हुने यो महोत्सव सिद्धेश्वर माविको मैदान परिसरमा कार्यक्रमको एक समारोहका बिच नेपाल होटल तथा रेष्टुरेन्ट महासंघका केन्द्रीय अध्यक्ष दिनेश कुमार चुकेले उद्घाटन गर्दै पर्यटन क्षेत्रमा योगदान दिने उद्योगका रुपमा आफुहरु रहेको बताए ।IMG_7756.jpeg

    पर्यटन क्षेत्रमा सरकारको लगानीसंगै पर्यटन ब्यवसायीहरु पर्यटन उत्पादको बारेमा विषयमा जोड दिन आवश्यक रहेको उनले बताए ।
    कार्यक्रममा संघका अध्यक्ष लेखनाथ भण्डारीले लुम्बिनी प्रदेश विश्वमा नै पर्यटनको उत्कृष्ट गन्त्ब्य भएको दाबी गर्दै यहाका ब्यवसायीहरुलाई संस्थागत रुपमा एकतावद्ध गर्दै आफुहरु पर्यटन प्रवद्र्धनको योजनामा लागेको बताए ।

    प्रत्येक वर्ष अग्रेजी नया वर्षमा सडक महोत्सव गर्दै आएका रुपन्देहीका होटल ब्यवसायीहरुले यस वर्ष भने माघि पर्वलाई विशेष प्रचारप्रचार गर्ने गरि कार्यक्रम गरेको बताए । 
    माघ २ गतेसम्म चल्ने महोत्सवमा स्थानीय थारू, मगर, नेवार र अन्य समुदायका परम्परागत खानाका परिकारकोे प्रदर्शनी र विक्री गरिने उनले बताए ।

    यसैगरि थारू नाच, लोकदोहोरी र विभिन्न जातजातिका मौलिक र सांस्कृतिक नृत्यहरुका साथै पर्यटन प्रवद्र्धन हुने लुम्बिनी प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यहरूको जानकारी दिने स्टलहरु रहेको संघका वरिष्ठ उपाध्यक्ष माधव खनालले बताए । 
    कार्यक्रममा शहरी विकास मन्त्रालय पर्यटन विकास परिषद बुटवलका कार्यकारी निर्देशक रामु जोशी, रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटा, नेपाल पत्रकार महासंघका अध्यक्ष दिनेश पाण्डे, नेकपा एमालेका जिल्ला अध्यक्ष यज्ञ गैरे, वडा नं ४ वडा वडाअध्यक्ष नरिश्वर पौडेल, सघका वरिष्ठ उपाध्यक्ष माधव खनाल, महासचिव अर्जुन थापाले खाना महोत्सव र मेला संचालनबाट हुने फाईदाबारे प्रकाश पारेका थिए ।

    झाकीमा नेवाः समाज अर्घाखाची रुपन्देही प्रथम :

    यसैबिच महोत्सवको शुभारम्भअघि निकालिएको प्रचारात्मक जनचेतनामुलक रयालीमा नेवाः समाज अर्घाखाची रुपन्देही प्रथम भएको छ । यसैगरि स्याङजा कारीकोट तराईबासी समुह र उचडिया स्वावलम्बन समुह सैनामैना रुपन्देही दोस्रो, कालिका टोल विकास संस्था बुटवल ७ तेस्रो भएका छन । 
    यसैगरि बुद्ध टोल विकास संस्था बुटवल ७, सिद्धेश्वर नमुना आमा समुह बुटवल ७, आम्दा दिपज्योती आमा समुह बुटवल ७, सृजना संस्कृति आमा समुह बुटवल ८ र समावेशी आमा समुह बुटवल ७ दिपनगर सान्त्वना स्थान हासिल गरेको संयोजक माधव प्रसाद नेपालले बताए ।

    रयालीमा विभिन्न संघसंस्था, जातजाती, टोल विकास समुह, ब्यवसायिक संघसंस्था गरि २२ टोलीहरुको सहभागिता रहेको थियो । प्रथम टिमले नगद १० हजार, दोस्रो टिमले नगद ५ हजार, तेस्रो टिमले नगद ३ हजार तथा सान्त्वना टिमहरुले नगद २ हजारका दरले पुरस्कृत गरिएको संघका उपाध्यक्ष रोमाकान्त पाण्डेले बताए । 

     

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • सोमवार, पौष २९ २०८१०७:१४:२६

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology