Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

कालिका टोल आमा समुहद्वारा नन्दिनी गौशालामा गौआहार सहयोग 

कालिका टोल आमा समुहद्वारा नन्दिनी गौशालामा गौआहार सहयोग 

  • 870
    SHARES

  • कालिका टोल आमा समुहद्वारा नन्दिनी गौशालामा गौआहार सहयोग 

    बुटवल, पुस २९ ।

    कालिका टोल आमा समुहले नन्दिनी गौशालामा गौ आहार सहयोग  गरेको छ।   रमाइलो कार्यक्रम शुभकामना तथा देउसी भैलो खेलेर जम्मा गरेको रकम बुटवल उपमहानगरपालिका वडा नं ७ स्थित गौशालामा सहयोग  गरेको हाे। 

     पिकनिक खेलेर खाएर सक्नु भन्दा धेरै थोरै जति भए पनि  सहयोग  गरेको  कालिका टोल आमा समुह अध्यक्ष  सरिता खड्काले बताइन् । कार्यक्रममा कालिका टोल सस्थांका सचिब खिम बहादुर  बुढाथोकीले  यस भन्दा अघि नेपाल अनाथ आस्रमम खाध्यान्न बस्तु सहयोग, रक्तदान कार्यक्रमहरु ,सगंम क्रियापुत्री भवनलाई ७ वटा पखां पनि  सहयोग गरेको बताए  ।

    कार्यक्रममा कालिका टोल सस्थांका अध्यक्ष दुर्गा राना लगाययले बोलेका थिए।  गाई गोरुको लागी  ४ बोरा चापट ,२७ केजी  भेली  , एक टाली पराल ,  १०  केजी नुन लगायतका आहार विहारहरु  सहयोग गरेका छन ।    गौशालामा  तिनसय पचास गाइ गोरुहरु रहेका छन ।     नन्दिनी गौशालाका इन्चार्ज रानीकानु बानींयाले  यो चिसो मौसममा  गुड पकाए दिने र  गर्मी मौसममा यतिकै दिन मिल्ने मौसम अनुसार कसरी गाइ गोरुको हेरचाह गर्ने जस अनुसार काम गरेको बताइन ।

    कुनै  पनि शुभ  कार्य  जन्मदिन वा विशेष अवसरमा गौशालामा आएर गाईगोरुलाई घाँस, पराल , दाना उपलब्ध गराए मनाउन सकिने पनि बताइन । कार्यक्रम सञ्चालन सचिव रेनु भुषाल न्यौपानेले गरेकी थिइन ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • सोमवार, पौष २९ २०८१०३:३३:३२

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology