बुटवल,पुस २९ ।
जि ट्वान्टी फाइभ क्लव बुटवल ११ रूपन्देहीको साधारणसभा सम्पन्न भएको छ । अध्यक्ष जगदिश न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा न ११ अध्यक्ष रामचन्द्र खनालले क्लवले गरेका सम्पुर्ण काम सामाजिक भएको भन्दै प्रशंसा गर्नुभयो ।
उद्योगपति एवं समाजसेवी चुन्नु पौडेलले बुटवलमा युवाहरूले चलाएका क्लव मध्येमा जि ट्वान्टिफाइभ उत्कृष्ट रहेको बताउनुभयो ।
साधारणसभामा क्लवका अध्यक्ष न्यौपानेले बिगत र भावि योजनाका बारेमा प्रतिवेदन पेश गर्दै अव निकट भविश्यमा कृषि पर्यटन,सहकारीक्षेत्रमा लगानि गरेर आर्थिक समृध्दिका लागि अगाडी बढ्ने बताउनुभयो ।
सो अवसरमा पुर्व अध्यक्ष तथा सहयोगि संघसंस्था र ब्याक्तिलाइ सम्मान समेत गिएको थियो ।
महासचिव किशोर पंगेनीको संचालनमा भएको कार्यक्रममा उपाध्यक्ष मदन पौडेल,चौपारि टोल बिकास समितिका अध्यक्ष अर्जुन कुवर,क्लवका संस्थापक अध्यक्ष रमेश जोशी,सल्लाहका हुमराज बस्याल,कोषाध्यक्ष भोजराज अर्याल लगायतले बोलेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)